विराट गोल्डकप, भारतको विर्सामुण्डालाई पन्छाउँदै सम्राट सेमिफाइनलमा

<span class='c1'>विराट गोल्डकप, भारतको विर्सामुण्डालाई</span> <span class='c2'>पन्छाउँदै सम्राट सेमिफाइनलमा</span>

विराटनगर । विराटनगरमा जारी ३८ औँ संस्करणको नोबेल विराट गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली सम्राट स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

सहिद मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा भारतको झारखण्डस्थित विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सम्राटले अन्तिम चारको यात्रा तय गरेको हो । एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै जित निकालेको सम्राटले अब फाइनल प्रवेशका लागि वैशाख ३ गते चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । खेलको सुरुआतदेखि नै आक्रामक रणनीति अपनाएको विर्सामुण्डाले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो । ४४ औँ मिनेटमा शंकर किस्कुले गोल गर्दै पाहुना टोलीलाई १–० को अग्रता दिलाए । पहिलो हाफमा पछि परेको घरेलु टोली दोस्रो हाफमा थप आक्रामक रूपमा मैदान उत्रियो । खेलको ५० औँ मिनेटमा सम्राटले बराबरी गोल फर्कायो । सौरव तामाङको उत्कृष्ट क्रस पासलाई मौसम लिम्बुले डिबक्स भित्रबाट गोलमा परिणत गरे । खेलको ८६ औँ मिनेटमा प्रताप तामाङले गोल गर्दै सम्राटलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गरिएको अतिरिक्त (इन्जुरी) समयमा प्रतापले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको ३–१ को जित सुनिश्चित गरे । उत्कृष्ट प्रदर्शन गरेका प्रताप तामाङ खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

जित निकाले पनि सम्राटले गोल गर्ने आधा दर्जन बढी सुन्दर अवसरहरू चुकाएको थियो । ५० औँ मिनेटमा सौरव तामाङको कडा प्रहार पोस्टको केही माथिबाट बाहिरिएको थियो । त्यस्तै, ६७ औँ मिनेटमा कप्तान अशोक खवासले डिबक्स भित्रबाट गरेको कडा प्रहारले सही दिशा लिन सकेन । ७० औँ मिनेटमा कोमल खवासको प्रहारलाई भारतीय गोलकिपर मनोज मन्डाइले उत्कृष्ट बचाउ गर्दै गोल हुन दिएनन् । विर्सामुण्डाका लागि शिव शंकर किस्कुले एक सान्त्वना गोल गरे पनि पाहुना टोलीले अन्य थुप्रै अवसर गुमाउँदा पहिलो खेलबाटै घर फर्किन बाध्य भयो । प्रतियोगिता अन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल हुनेछ । जसमा दुई पूर्व विजेता टोलीहरू विभागीय टोली नेपाल पुलिस क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्