विराटनगरमा जथाभावी फोहोर नफाल्न आग्रह गर्दै युवाले टाँस्न थाले पोस्टर

<span class='c1'>विराटनगरमा जथाभावी फोहोर नफाल्न आग्रह</span> <span class='c2'>गर्दै युवाले टाँस्न थाले पोस्टर</span>

विराटनगर । विराटनगरका विभिन्न गल्ली तथा सार्वजनिक स्थानहरूमा जथाभावी फोहर फालिने समस्या बढ्दै गएपछि स्थानीय युवाहरूले सचेतनामूलक अभियान सुरु गरेका छन्। युवाहरूले ठाउँ–ठाउँमा पोस्टर टाँस्दै फोहर नफाल्न सर्वसाधारणलाई आग्रह गरेका हुन्। साथै युवाहरुको समुहले सरसफाई समेत गरेका थिए ।

विराटनगर वडा नम्बर ६ का अनिल साहको अगुवाइमा सुरु गरिएको उक्त अभियानअन्तर्गत फोहर फाल्ने स्थानहरूमा “जथाभावी फोहर नफालौं” भन्ने सन्देशसहितका पोस्टर टाँसिएको छ। महानगरपालिकाबाट प्रभावकारी निगरानी नभएको गुनासो गर्दै स्थानीयले फोहरका कारण टोलमा बस्नै समस्या भएको बताएका छन्।

विशेषगरी विराटनगर–६ स्थित मस्जिद पछाडिको क्षेत्रमा जथाभावी फोहर फालिँदा दुर्गन्ध फैलिएको छ। यसले विद्यार्थी, स्थानीय बासिन्दा तथा आवतजावत गर्ने सर्वसाधारणलाई समस्या पारिरहेको छ। महानगरपालिकाले उचित कदम नचालेपछि आफैं सक्रिय भएर अभियान थाल्नुपरेको युवाहरूको भनाइ छ। उनीहरूले सम्बन्धित निकायलाई फोहर व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्