सातवर्षदेखि धारामा पानी छैन, महिनैपिच्छे बिल बुझाउँछन् विराटनगरको सरोचियाटोलवासी

<span class='c1'>सातवर्षदेखि धारामा पानी छैन, महिनैपिच्छे</span> <span class='c2'>बिल बुझाउँछन् विराटनगरको सरोचियाटोलवासी</span>

सोनु साह
विराटनगर । विराटनगर महानगरपालिका–६, सरोचियाटोलका करिब १० घरपरिवार विगत ७ वर्षदेखि खानेपानी सेवाबाट वञ्चित छन् । २०७६ सालमा फैलिएको कोरोना महामारीका बेला बन्द भएको धारा हालसम्म सञ्चालनमा नआएको स्थानीयको गुनासो छ।

स्थानीयका अनुसार पानी नआए पनि महिनैपिच्छे खानेपानीको बिल भने आउँछ । स्थानीले आएको बिल अनुसारको न्यूनतम रकम बुझाउँदै आएका छन् । “७ वर्षभन्दा बढी समय भयो, धारा सुख्खा छ तर बिल भने नियमित आउँछ,” स्थानीय अरसद हुसैनले बताए। उनले पटक–पटक खानेपानी संस्थान विराटनगरमा जानकारी गराए पनि समस्या समाधान नभएको बताए। उनका अनुसार एक–दुई पटक मर्मतका लागि कर्मचारी आए पनि ‘मर्मत सम्भव छैन’ भन्दै फर्किएको र त्यसपछि नयाँ पाइप बिछ्याएपछि मात्र जडान हुने आश्वासन दिइएको थियो। तर, हालसम्म पाइप जडान नहुँदा समस्या यथावत रहेको उनले गुनासो गरे।

स्थानीय नैन मियाका अनुसार सडक निर्माणका क्रममा पुराना पानीका पाइपसमेत हटाइएको थियो। “पानी नआए पनि बिल तिर्नैपर्छ, नत्र पछि जरिवाना लाग्ने डर हुन्छ,” उनले भने। उनले आफ्नो नाम काट्न आग्रह गर्दा पनि ‘पानी आउँछ’ भन्दै कार्यालयले बेवास्ता गर्ने गरेको आरोप लगाए।

त्यस्तै, मो.आरिफ हुसैनले अहिले कल (चपाकल( को पानीको भरमा दैनिकी चलाउनुपरेको बताए। “गर्मीमा कलको पानी पनि पर्याप्त हुँदैन, खाने पानी किनेर प्रयोग गर्नुपर्छ,” उनले भने। उनका अनुसार दिउँसोको समयमा पानी अभाव झन् चर्किने गरेको छ।

स्थानीयले पटक–पटक गुनासो गर्दा पनि सम्बन्धित निकायले ठोस कदम नचालेको आरोप लगाएका छन्। खानेपानी संस्थान विराटनगर शाखाले समेत चासो नलिएको प्रष्ट देखिन्छ । खानेपानी संस्थानले खानेपानी आपूर्तिका लागि नयाँ पाइप बिछ्याउने बताउँदै आएको थियो । अहिले विराटनगर खानेपानी सुधार आयोजना अन्तर्गत नयाँ पाइपलाइन विस्तार गर्ने कार्य भइरहेको छ । तर, सातवर्षदेखि पानी नदिएर बिल मात्रै बुझाउन बाध्य बन्दै आएको यो टोलमा अहिले नयाँ पाइप विस्तार गर्ने काम पनि भएको छैन । अन्य सबैतिर पाइप विछ्याउँदा समेत यहाँ नयाँ पाइप लगाउने विषयमा कुनै चासो दिइएको छैन । धारा कायम हुँदा न्यूनतम महसुल बुझाउनु पर्ने भनाई छ ।

सुद्ध पीउने पानी पु¥याउने जिम्मेवारी रहेको खानेपानी संस्थानले पाइप लाइन विस्तार गर्ने वा नगर्ने भन्ने विषय स्थानीयसँग छलफल गर्ने बताएको छ । पानी नदिने भन्ने चाँहि नहुने सहायक लेखाअधिकृत पदमहरी राईले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्