विराटनगरका हाम्रो समाज संस्थाद्वारा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

<span class='c1'>विराटनगरका हाम्रो समाज संस्थाद्वारा जेहेन्दार</span> <span class='c2'>विद्यार्थीलाई शैक्षिक सामग्री वितरण</span>

विराटनगर । नयाँ वर्ष २०८३ को अवसर पार्दै सामाजिक संस्था ‘हाम्रो समाज’ले जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

बिहीबार विराटनगर कलेज रोडस्थित संस्थाको कार्यालयमा आयोजित विशेष समारोहबीच पहिलो चरणमा ११ जना विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला तथा संस्थाका अध्यक्ष अनुप सापकोटाले संयुक्त रूपमा सामग्री वितरण गरेका थिए। सो अवसरमा बोल्दै अध्यक्ष सापकोटाले शिक्षा पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए।

उनले आगामी चरणमा विभिन्न विद्यालयमा अध्ययनरत करिब ५० जना विद्यार्थीलाई समेत शैक्षिक सामग्री वितरण गर्ने लक्ष्य रहेको जानकारी दिए। आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीलाई सहयोग गर्नु संस्थाको प्राथमिकता रहेको उनको भनाइ छ।

‘शिक्षा नै दीर्घकालीन परिवर्तनको आधार भएकाले लक्षित वर्गसम्म सहयोग पु¥याउने अभियानलाई निरन्तरता दिइनेछ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्