मेरिल्याण्डका बिद्यार्थी यसबर्ष पनि शैक्षिक भ्रमणमा बेलायत जाने

<span class='c1'>मेरिल्याण्डका बिद्यार्थी यसबर्ष पनि</span> <span class='c2'>शैक्षिक भ्रमणमा बेलायत जाने</span>

बिराटनगर बैशाख २४ ,

बिराटनगर-६ स्थित मेरिल्याण्ड कलेज बिराटनगरमा बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट पढिरहेका ३ जना बिद्यार्थी छात्रवृत्तिमा बेलायत जाने भएका छन् । गत वर्ष पनि उक्त कलेजबाट ३ जना बिद्यार्थी बेलायतको शैक्षिक भ्रमणमा गएका थिए ।

यस बर्ष २०१५ सालमा कलेजमा भर्ना भएको ब्याचबाट ३ जना बिद्यार्थीलाई विश्वविद्यालयले छानेर १८ दिने बेलायत भ्रमणको लागि लगिने कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले बताए । दाहालका अनुसार उनीहरुले त्यहाँ छदा अन्य देशबाट आएका बिद्यार्थीहरु सहित विश्वविद्यालयमा बिभिन्न कक्षा लिनुको साथै बेलायतको बिभिन्न बिजनेस कम्पनीहरु. संग्रालयहरु लगायतको भ्रमण गर्ने छन् । बिभिन्न अभ्यासबाट छानिएका ३ बिद्यार्थीहरु श्रावन ८ गते देखि २२ गते सम्मको बेलायतको शैक्षिक भ्रमणमा जाने कलेजले जानकारी दिएको छ । साथै उक्त छात्रवृत्तिको सम्पूर्ण बिद्यार्थी छनोट प्रक्रिया बेलायती विश्वविद्यालयले नै गर्ने दाहालले बताए । बिद्यार्थीहरुको उक्त भ्रमणको सम्पूर्ण खर्च कलेज र विश्वविद्यालयले नै प्रदान गर्ने छ । उक्त शैशिक भ्रमणले बिद्यार्थीहरुको आत्मबल , क्षमता र अन्तरास्ट्रिय अनुभब बढाउने कलेजले अपेक्षा राखेको छ ।

[caption id="attachment_32786" align="alignnone" width="1541"] बेलायतको विश्वविद्यालयले निकालेको छात्रवृत्तिको आवहान[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्