कोशीमा लगिएका बिरामीलाई विराट निदान हस्पिटल पठाइयो, पैसा बुझाउन नसक्दा घरजान रोकियो

<span class='c1'>कोशीमा लगिएका बिरामीलाई विराट निदान हस्पिटल</span> <span class='c2'>पठाइयो, पैसा बुझाउन नसक्दा घरजान रोकियो</span>

विराटनगर । विष सेवन गरेपछि उपचारका लागि सिन्धुलीबाट विराटनगर ४ स्थित विराट निदान हस्पिटल एण्ड ट्रमा सेन्टरमा भर्ना भएका १७ वर्षीय शिव सदा सामान्य भएका छन् । चैत २७ गतेदेखि उनी उदयपुरको कटारी अस्पताल, त्यहाँबाट कोसी अस्पताल हुँदै २८ गते विराट निदानमा पु¥याइएका थिए । तर, उपचारपछि घर फर्कनलाई अस्पतालाई बुझाउने पैसा नहुँदा उनी शै्यामा बस्न बाध्यछन् ।

सिन्धुलीको दुधौली नगरपालिका–७ पोखरेका उनी कोसी अस्पतालबाट कसरी विराट निदान हस्पिटल एन्ड ट्रमा सेन्टर पठाइए भन्ने कुरामा भने आशंका छ । कटारी अस्पतालबाट कोसीका लागि रेफर भएका सदालाई कोसी अस्पतालबाट विराट निदान लैजान एम्बुलेन्स प्रयोग भएको थियो । तर, कोशी अस्पतालमा समेत उपचार गराएको कागजात उनको साथमा रहेको विराट निदान अस्पतालका अजय यादव बताउँछन् ।

विष सेवन गरेका शिवलाई २७ चैत साँझ उनकी आमा मघिया सदा र श्रीमती कृतिकाले कटारी अस्पताल लगेका थिए । त्यसपछि कोशी अस्पताल रिफर गरियो । कोशी अस्पतालमा अक्सिजन छैन भन्दै अन्य लान सुझाव दिइएको थियो । कोशीबाट विराट निदानसम्म पुग्नका लागि बीचमा ठूला अस्पतालहरु प्रशस्त हुँदाहुँदै त्यहाँ पु¥याउनुमा भने गज्जबको संयोग देखिएको छ ।

विराट निदानका अजय यादवका अनुसार उनी गम्भीर स्थितिमा अस्पताल ल्याईपु¥याइएका थिए । त्यसपछि आइसियुमा राखेर उपचार गर्नुपर्ने तर त्यस वापत दैनिक यति खर्चलाग्ने भन्दा परिवार मानेको उनी दावी गर्दछन् । तर, उपचारपछि सदाको अवस्था सामान्य भएपछि उनलाई डिस्चार्ज गर्न परिवारको आग्रह भएपछि चिकित्सकले सिफारिस गरिदिएको उनको भनाई छ । ्डिस्चार्ज गर्नेबेलामा रकम नभएपछि शिवकी आमा भने पैसा खोज्न भन्दै घर हिँडेपनि अहिलेसम्म नपुगेको परिवारको गुनासो छ । उनी बैशाख १ गते अस्पतालबाट सिन्धुलीको घरतफै लागेपनि अहिलेसम्म नपुगेको गुनासो आएको छ ।

यता गरिबले समेत उपचार पाउनुपर्छ भन्ने अहिलेको सरकारको नीति अनुसार यस विषयमा मन्त्रालयले समेत अस्पताल व्यवस्थापनसँग समस्याका बारेमा बुझेको खुलेको छ । यादवका अनुसार मन्त्रालयले फोन गर्दा १० प्रतिशत असाहय र गरिबका लागि छुट्याइएको शै्यामा उपचार गराउन सक्ने भएपनि त्यसको लागि स्थानीय तहको सिफारिस वा अन्य कुनै मान्यताप्राप्त कागजात आवश्यक पर्दछ । त्यसबाहेक मेडिसिनको पैसा भने बिरामीको परिवारले बुझाउनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्