एमालेले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने

<span class='c1'>एमालेले वैशाख ९ गते</span> <span class='c2'>पार्टी स्थापना दिवस मनाउने</span>

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको एमाले केन्द्रीय कार्यालयको बैठकले पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको हो ।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पार्टी स्थापना दिवसमा कार्यक्रम आयोजना गर्ने निर्णय गर्नुका साथै पार्टीको यस अघि निर्धारित केही कार्यक्रमलाई संशोधन गरेको छ ।

बैठकले सबै जिल्ला कमिटीहरूले यही बैशाख ९ गते सबै जिल्लामा अनिवार्य रूपमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । पार्टीका कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार, उपत्यकाको हकमा भने बैशाख ९ गते दिउँसो २ बजे केन्द्रीय कार्यालय, च्यासलमा कार्यक्रम आयोजना गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्