विराटनगर–६ मा रास्वापा वडा समितीको सक्रियतामा सरसफाइ अभियान

<span class='c1'>विराटनगर–६ मा रास्वापा वडा</span> <span class='c2'>समितीको सक्रियतामा सरसफाइ अभियान</span>

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी विराटनगर महानगरपालिका वडा नं ६ का वडा कार्य समितिका युवाहरूको सक्रियतामा सरसफाइ अभियान सञ्चालन गरिएको छ। विराटनगरमा बढ्दो फोहर तथा अव्यवस्थित व्यवस्थापनलाई मध्यनजर गर्दै युवाहरू आफैं अग्रसर भई सरसफाइमा जुटेका हुन्।

शनिवारको दिन युवा तथा विद्यार्थीहरूलाई विदा हुने भएकाले सामूहिक रूपमा भेला भई सरसफाइ गरिएको वडा नं ६ का सभापति अनिकेत मंण्डलले जानकारी दिए। उनका अनुसार विगत दुई वर्षदेखि युवाहरूले निरन्तर रूपमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएका छन्। “हामीले सरसफाइदेखि लिएर आवश्यक परेकाहरूलाई आर्थिक सहयोगसम्म गर्दै आएका छौं,” उनले भने।

मण्डलले निर्वाचित स्थानीय सरकार हुँदाहुँदै पनि आधारभूत सरसफाइ व्यवस्थापन प्रभावकारी हुन नसक्नु दुःखद भएको बताए। “आफ्नो घरआँगन र टोल आफैं सफा गर्ने बानी बसाल्यौं भने फोहरको समस्या धेरै हदसम्म समाधान हुन्छ,” उनले जोड दिए। उनले सार्वजनिक स्थान सफा राख्नु सबै स्थानीयवासीको साझा जिम्मेवारी भएको उल्लेख गर्दै जथाभावी फोहर नफाल्न आग्रह गरे। साथै सहर फोहर हुँदा त्यसको प्रत्यक्ष असर नागरिकको स्वास्थ्यमा पर्ने भन्दै सचेत हुन सबैलाई अपिल गरे। युवाहरुले विराटनगरको मनितारा स्कूल, मेरिगोल्ड पछाडि, बुद्धचोक क्षेत्र तथा सहनी टोल लगायतका स्थानहरूमा सरसफाइ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्