विराटनगर अब सिसी टिभीको पूर्ण निगरानीमा

<span class='c1'>विराटनगर अब सिसी</span> <span class='c2'>टिभीको पूर्ण निगरानीमा</span>

विराटनगर । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मोरङका १४७ स्थानमा रहेका सिसी टिभीमध्ये ११८ स्थानका सिसी टिभीमा क्षति पुगेको थियो । सिसी टिभीमा क्षति पुगेपछि यसको असर सुरक्षा निकायदेखि सर्वसाधारणसम्ममा प¥यो ।

मुख्य सहर विराटनगरमा महत्वपूर्ण चहलपहल हुने स्थानका सबै सिसी टिभी फुटाइएका थिए । त्यसक्रममा भएका कतिपय दुर्घटना तथा चोरीमा संलग्नहरुको पहिचानमा प्रहरीलाई समस्या परेको थियो ।
तर, जेनजी आन्दोलनमा क्षति पुगेका सबै सिसी टिभी अहिले पूर्ण रुपमा जडान भएर सञ्चालनमा आएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार विराटनगर महानगरपालिका र प्रहरीको आफ्नै पहलमा सिसी टिभी जडान भएर पुरानै स्थितिमा कन्ट्रोल रुमबाट निगरानी सुरु भएको छ । पछिल्लो समय विराटनगर महानगरपालिकाले विराटनगर १२ मा ११ र हाइवेका महत्वपूर्ण स्थानमा १४ वटा सिसी टिभी जडान गरेको थियो ।

विराटनगर महानगरपालिकाका नगर प्रहरी निरीक्षक राजन पौडेलका अनुसार नेपाल प्रहरी र नगर प्रहरी दुवैको कन्ट्रोल रुमबाट निगरानी गर्न सकिने अवस्था रहेको छ । जसले अपराधदेखि अन्य विषयमा समेत साझेदारीपूर्ण कार्य गर्न सहज बनाएको छ । सिसी टिभीको कनेक्सनमा विराटनगरका प्रायः सबै महत्वपूर्ण स्थानहरु समेटिएका छन् । विराटनगर अहिले सिसी टिभीको पूर्ण निगरानी गर्ने स्थितिमा पुगिसकेकोले कुनैपनि गतिविधिलाई प्रहरीले दैनिक विश्लेषण गरिरहेको र शंका लागेमा निगरानी बढाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्