विराटनगर।कोशी प्रदेशका विभिन्न जिल्ला झापा, सुनसरी र इलामबाट बैशाख १० गते लागू औषध ब्राउन सुगर सहित १२ जना पक्राउ परेका छन ।
चेकजाँचको क्रममा प्रहरीले भद्रपुर नगरपालिका-४ स्थितबाट १६ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित पाचँथर फिदिमका भिमराज खजुम, राजमान राई, लक्ष्मण लिम्बु र भद्रपुर-५ का सुमन मुखियालाई पक्राउ गरेको छ । यसै गरी झापा गाउँपालिका-४ बाट शिवसताक्षी नगरपालिका-११ का मदन मिश्रलाई ३ ग्राम ८९ मिलिग्राम ब्राउन सुगर सहित, सुनसरीको धरान-८ बाट सोहि स्थानका तुफान बिश्वकर्मालाई ३ ग्राम ९३० सहित, कोशी गाउँपालिका-१ बाट बराक्षेत्र नगरपालिका-३ का जिवन कार्की, अनिल राजधामी, ईटहरी-७ का राजेश चौधरी र नविन चौधरीलाई २ ग्राम १९ मिलिग्राम ब्राउन सुगर सहित र इलामको इलाम नगरपालिका-९ बाट सोही स्थानका सुधिर अधिकारी र पार्वता चौहान अधिकारीलाई १ ग्राम ५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनसन्धान भईरहेको छ ।