विराटनगरका स्पा र मसाज सेन्टरमा मोरङ प्रहरीको ‘स्विप अपरेसन’, ३६ जना नियन्त्रणमा

<span class='c1'>विराटनगरका स्पा र मसाज सेन्टरमा मोरङ</span> <span class='c2'>प्रहरीको ‘स्विप अपरेसन’, ३६ जना नियन्त्रणमा</span>

विराटनगर । विराटनगरका विभिन्न स्थानमा सञ्चालित स्पा तथा मसाज सेन्टरमा प्रहरीले छापा मारेको छ । स्पाको आवरणमा अनैतिक क्रियाकलाप हुने गरेको जनगुनासो बढेपछि शनिबार प्रहरीले विशेष स्विप अप्रेसन चलाएको हो ।

विराटनगर महानगरपालिकाका वडा नम्बर १३, १४ र १५ मा सञ्चालित विभिन्न स्पाहरूमा गरिएको खानतलासीका क्रममा प्रहरीले शंकास्पद अवस्थामा रहेका ३६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दुई जना सञ्चालक समेत रहेका मोरङ प्रहरीका निरीक्षक लेखनाथ दाहालले जानकारी दिए ।


इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक कबिन राईको नेतृत्वमा खटिएको टोलीले विराटनगर–१४ स्थित ‘किपु स्पा’ मा छापा मार्दा कानुनी मापदण्ड पूरा नगरेको पाइएको थियो । उक्त स्पाका सञ्चालकद्वय सुनसरी बर्जु गाउँपालिका–१ की ३० वर्षीया निलमदेवी शर्मा र भारतको पटना जिल्ला घर भएका ४० वर्षीय राजकुमार चन्द्रवंशीलाई प्रहरीले पक्राउ गरेको छ । साथै, सोही स्पामा कार्यरत अन्य तीन जना महिलालाई पनि नियन्त्रणमा लिइएको छ ।

प्रहरीका अनुसार अनुमति बिना सञ्चालन गरिएका र अनैतिक कार्यमा संलग्न रहेको आशंकामा अन्य स्पाहरूबाट पनि व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका ३६ जनामाथि सोधपुछ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय विराटनगरका सीमावर्ती क्षेत्र र मुख्य बजारमा खुलेका कतिपय स्पा तथा मसाज सेन्टरहरूले मापदण्ड विपरीत गतिविधि गर्ने गरेको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । प्रहरीले यस्ता अवैध गतिविधि रोक्न निगरानी बढाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्