निश्चित कम्पनी लक्षित मापदण्डका आधारमा विराटनगरको फोहोरमैला व्यवस्थापन ठेक्का

<span class='c1'>निश्चित कम्पनी लक्षित मापदण्डका आधारमा</span> <span class='c2'>विराटनगरको फोहोरमैला व्यवस्थापन ठेक्का</span>

विराटनगर । विराटनगर महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न आह्वान गरेको बोलपत्र निश्चित व्यवसायी लक्षित मापदण्डमा केन्द्रीत रहेको भन्दै अन्य फम तथा कम्पनीहरुले विमती जनाएका छन् । महानगरपालिकाले प्रब्लिक प्राइभेट पार्टनरसीपको अवधारणामा २० वर्षका लागि फोहोर संकलन, व्यवस्थापन र प्रशोधनका लागि बोलपत्र आह्वान गरेको थियो ।
जसको बीड सेक्युरिटी ५५ लाख रुपैँया थियो । त्यस बाहेक अन्य फम तथा कम्पनीहरुको क्षमतालाई रोक्ने गरी मापदण्ड बनाइएको आरोप छ । महानगरपालिकाले कम्पनी÷फमहरुसँग आयोजना गरेको प्रि–बीड मिटिङमा खुल्ला गर्नुपर्ने माग गरिएको थियो । तर, फोहोरमैला व्यवस्थापन गरिरहेका अनुभवी कम्पनीलाई मात्रै गाह्यता दिने, कोशीको भए ३ अंक दिने प्रावधान राखिएको थियो । त्यस बाहेक आफ्नै सवारी साधन र इक्यूपमेन्ट भएका कम्पनीलाई ६ अंक दिने र भाडामा लिने भनिएकालाई ३ अंक मात्रै दिने प्रावधान राखियो ।

महानगरपालिकाको बोलपत्रका आधारमा नेप्सेम्याक सेवा प्राइभेट लिमिटेडले मात्रै बैशाख ७ गते बीड गरेको थियो । तर, विराटनगरमा वेष्ट मेनेजमेन्ट ग्रुपले फोहोर मैला व्यवस्थापनको जिम्मेवारी लिदाँ यसको संयोजक रहेका व्यक्ति नै नेप्सेम्याक सेवा प्रा.लि.को समेत अध्यक्ष रहेको खुलेको छ ।

वेष्ट मेनेजमेन्ट ग्रुपमा १५ कम्पनी रहेका थिए । वेष्ट मेनेजमेन्ट समेत नेप्सेम्याकको सदस्य रहेको खुलेको छ । २०७३ सालदेखि यो कम्पनीलाई विराटनगरको फोहोरमैला व्यवस्थापनमा भित्र्याइएको थियो । त्यसबेला पनि टेण्डरमा बदलियत देखिएको भन्दै स्थानीय विकास मन्त्रालयले सम्झौता खारेज गरिदिएको थियो ।

अहिले त्यहि वेष्टमेनेजमेन्ट कम्पनी सदस्य रहेको नेप्सेम्याक सेवा प्रा.लि. र वेष्ट मेनेजमेन्टमा संयोजक रहेकै व्यक्ति अध्यक्ष भएको कम्पनीलाई फोहोर व्यवस्थापनको जिम्मेवारी दिन खोजिएको आरोप छ । विराटनगर–५ का निर्माण व्यवसायी रामकुमार श्रेष्ठले योजनावद्ध ढंगबाट महानगरपालिकाले यो कार्य गरिरहेको आरोप लगाएका छन् । वेष्ट मेनेजमेन्टमा संयोजक भएर काम गर्दाताका कालोसूचीमा रहेको संस्था\व्यक्तिलाई नै पुनः फोहोर व्यवस्थापनका लागि भित्र्याइएको उनी दावी गर्दछन् ।

विराटनगर महानगरपालिकाका सरसफाई शाखा प्रमुख पुनम दाहालले पुराना तीन कम्पनीले गरिरहेको कार्य आगामी कार्तिक मसान्तसम्ममा सकिने जानकारी दिएका छन् । नयाँ कम्पनीलाई ठेक्का लगाउने कार्य साउन मसान्तसम्ममा टुङ्ग्याईनेछ । नयाँ कम्पनीले आगामी मंसिरदेखि यहाँको फोहोर संकलन, व्यवस्थापन र प्रशोधनको काम गर्नेछ । प्रशोधनसम्मको काम गर्नुपर्ने भएकोले यसको लगानी २० करोड हुनसक्ने अनुमान गरेर २० वर्षलाई दिइएको हो । उनले २० वर्षका लागि दिन लागिएकोले यसमा मुद्दा चल्नु वा विवाद देखिनु सामान्य भएको सामान्य प्रतिक्रिया दिएका छन् । तर, यसमा खेलोफड्को गरिरहेको दाहाललाई नै आरोप छ ।

न्यायिक समितिदेखि सर्वोच्चसम्म मुद्दा
नेप्सेम्याक सेवा प्रा.लि.ले फोहोर व्यवस्थापनको जिम्मेवारी पाउने गरी मापदण्ड बनाएको आरोप लगाउँदै विराटनगर महानगरपालिकालाई विपक्षी बनाएर उच्च अदालत विराटनगर र सर्वोच्च अदालतमा समेत फरक–फरक मुद्दा परेका छन् । उच्च अदालत विराटनगरमा सुरज बाबु श्रेष्ठ र अनिलकुमार चौधरी र सर्वोच्च अदालतमा मेट्रो सिटी वेष्ट मेनेजमेन्ट प्रा.लि.को तर्फबाट देविन्द्र कार्कीले रिट दायर गरेका हुन् । यसमध्ये उच्चमा बैशाख १५ गते पेशी तोकिएको छ भने सर्वोच्चमा १६ गते पेशी तोकिएको छ । विराटनगर महानगरपालिकाका कानुनी सल्लाहाकार डिल्ली घिमिरेले प्रक्रिया अगाडी बढिरहँदा मुद्दा परेको जानकारी दिएका छन् । घिमिरेले न्यायिक समितिमा समेत मुद्दा परेको भन्ने सुन्नमा आएको भएपनि त्यसबारेमा सबै कुरा आफ्नो जानकारीमा नभएको बताएका छन् ।
२०५३ साल बैशाख १ गते नेप्सेम्याक गैरसरकारी संस्थाको रुपमा स्थापना भएको थियो । २०७० सालबाट फोहोर संकलन गर्ने संस्थाको रुपमा का मगर्दै आएको छ । नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्रको नाममा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको यो संस्था २०७९ सालदेखि निजी कम्पनीको रुपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्