लामो समयपछि विद्यालय फर्किँदै बालबालिका, विराटनगरका निजी विद्यालयहरु सृजनात्मक गतिविधिमा जोड दिदै

<span class='c1'>लामो समयपछि विद्यालय फर्किँदै बालबालिका, विराटनगरका</span> <span class='c2'>निजी विद्यालयहरु सृजनात्मक गतिविधिमा जोड दिदै</span>

विराटनगर । विगतका वर्षहरूमा चैतको अन्तिम साताबाटै नयाँ शैक्षिक सत्रका गतिविधि सुरु हुने गरेपनि यस वर्ष भने ढिलाइ भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बैसाख १५ गतेबाट मात्रै भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिएपछि लामो समयदेखि बालबालिका घरमै बस्न बाध्य भएका थिए।

बैशाखको दोस्रो साता पुग्दा केही विद्यालयहरूले भने बालबालिकालाई विद्यालयको वातावरणमा फर्काउन सुरु गरिसकेका छन् । औपचारिक पठनपाठन सुरु नभए पनि विद्यालयहरूले विद्यार्थीको क्षमता अभिवृद्धि हुने विभिन्न सृजनात्मक गतिविधिहरू सञ्चालन गरिरहेका छन् । प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठका अनुसार लामो समय घरमै बस्दा बालबालिकाको पढाइमा असर पर्ने भएकाले उनीहरूलाई विद्यालयतर्फ आकर्षित गर्न यस्ता कार्यक्रम सुरु गरिएको हो । “सरकारले औपचारिक कक्षा सञ्चालन नगर्न भने पनि बालबालिकालाई सृजनात्मक गतिविधिमा संलग्न गराएर विद्यालयको वातावरणसँग घुलमिल गराउने प्रयास भइरहेको छ,” उनले बताए।

अभिभावकहरूबाट समेत बालबालिकालाई विद्यालयमा राखेर रचनात्मक गतिविधिमा सहभागी गराउन अनुरोध आएकाले विराटनगरका अधिकांश निजी विद्यालयहरूले पाठ्यक्रमबाहेकका कार्यक्रमलाई प्राथमिकता दिएका छन् । यसैबीच, विराटनगर–१३ स्थित जेसी बाल सदन स्कुल का कोअर्डिनेटर अनुज दाहालले लामो समय घरमा बस्दा विद्यार्थी दिक्क भइसकेको बताए। “विद्यार्थीलाई फेरि विद्यालयको वातावरणमा अभ्यस्त गराउन हामीले अतिरिक्त क्रियाकलापमा जोड दिएका छौँ,” उनले भने।
सरकारले बैसाख १५ गतेदेखि भर्ना प्रक्रिया सुरु गरी बैसाख २१ गतेबाट नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ। विद्यालयहरू भने त्यसअघिनै विद्यार्थीलाई विद्यालयतर्फ आकर्षित गर्न सृजनात्मक कार्यक्रममार्फत सक्रिय बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्