विराटनगरमा पाँच सय र एक हजारका नक्कली नाेट छ्यापछ्याप्ती भेटिन थाल्याे

<span class='c1'>विराटनगरमा पाँच सय र एक हजारका</span> <span class='c2'>नक्कली नाेट छ्यापछ्याप्ती भेटिन थाल्याे</span>

विराटनगर बजारमा पाँच सय रूपैयाका नेपाली नक्कली नाेट भेटिन थालेकाे छ । याे एक महिनामा मात्र २५ वटा पाँच सय र एक हजार रूपैयाँकाे नक्कली नेपाली नाेट भेटिएकाे राष्ट्रबैंकले बताएकाे छ । गत चैतकाे पहिलाे सातादेखि यसरी नक्कली नाेट भेटिन थालेकाे हाे । यसबारे राष्ट्र बैंकले अनुसन्धान सुरू गरेकाे छ । 'कसले र कहाँबाट काराेबार सुरू गरिरहेकाे छ भन्ने पत्ता लगाउन अनुसन्धान गरिरहेका छाैं' राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामणी शिवाकाेटीले बताए । नाेटमा हुने लालीगुराँसकाे छाप फाेटाेकपी गरेकाे जस्ताे देखिने र कति पय एउटै नम्बरकाे भएकाले पहिचान गर्न सजिलाे भए पनि कसरी काराेबारमा अायाे भन्ने यकिन भन्न नसकिने राष्ट्रबैंकका विराटनगर प्रमुख रामु पाैडेलले बताए ।
[caption id="attachment_32881" align="aligncenter" width="675"] सक्कली नाेटका फिचर्सहरू ।[/caption]
'नाेट संकास्पद देखेपछि बैंकहरूले हामीलाइ बुझाउन ल्याए', उनले थपे 'यस विषयमा मुद्रा व्यवस्थापन विभागमा जानकारी गराएका छाैं ।'बजारमा छ्यापछ्याप्ती जाली नाेट देखिन थालेपछि पुरानाे नाेट राष्ट्रबैंकमा राखेर नयाँ नाेट पठाउन थालिएकाे छ । नक्कली नाेट बनाउने गिराेह पत्ता लगाउन प्रहरीलाइ समेत चुनाैती बनेकाे डिपुटी गभर्नर शिवाकाेटीले बताए । 'प्रहरीसँग सहकार्य गरेर गिराेह नै पत्ता लगाउने कार्य भइरहेकाे छ।' उनले बताए ।

कस्ताे छ नक्कली नाेट ?
सक्कली जस्ताे देखिने नाेट उच्च स्तरकाे फाेटाेकपी गरेर बजारमा ल्याएकाे हुन सक्ने अनुमान गरिएकाे छ । खस्राे कागज, प्रिन्ट हल्का फुलेकाे र लाली गुराँसकाे छाप नभएकाे अाधारमा नक्कली नाट छुट्याउन सकिने डिपुटी गभर्नर शिवाकाेटीले बताए ।
बजारमा नक्कली नाेट देखिन थालेपछि राष्ट बैंकले सर्वसाधारणलाइ सचेत हुन अाग्रह गरेकाे खबर अाजकाे जनविद्राेह दैनिकमा छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्