लायन्समा विराटनगरको बर्चस्व, गभर्नर र सेकेन्ड भाइस गभर्नरकाे भव्य स्वागत

<span class='c1'>लायन्समा विराटनगरको बर्चस्व, गभर्नर र</span> <span class='c2'>सेकेन्ड भाइस गभर्नरकाे भव्य स्वागत</span>

विराटनगर, २५ बैशाख । लायन्स क्लव डिस्ट्रिक ३२५ ए वानको शनिबार काठमाण्डौमा सम्पन्न ५ औ सम्मेलनमा विराटनगरको बर्चस्व देखिएको छ । लायन्सको गभर्नरदेखि क्याविनेटसम्म विराटनगरका धेरै लायन्सकर्मी निर्वा्चित भएका छन । लायन्सको गभर्नरमा विराटनगरका लिला ढुंगेल र सेकेण्ड भाइस गभर्नरमा राजन खत्री निर्वा्चित भए । यसैगरि क्याविनेट सेक्रेटरीमा शिव रिजाल र क्याविनेट ट्रेजररमा रेवत बहादुर कार्की चयन भएका छन । त्यस्तै विराटनगरकै देवकिसन मुण्दडा , मोहन अधिकारी , हरिबहादुर श्रेष्ठ , नित्तम चौहान , गणेश अधिकारी र धरानका धिरज गुरुंग लायन्सको क्याविनेटमा परेका छन ।
विराटनगरबाट निर्वाचित लायन्स क्लबका डिष्ट्रिक्ट ३२५ ए वानका डिष्ट्रिक्ट गभर्नर लिला ढूगेंल र सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर राजन खत्रीलाइ विराटनगरका लियाे र लायन्सहरूले एयरपाेर्टमा भव्य स्वागत गरेका छन् । साेमबार विराटनगर एयर्पाेर्टमा अाफुलाइ स्वागत गर्न अाएकाहरूलाइ संवाेधन गर्दै ढुंगेलले अाफ्नाे कार्यकाल सुरू भएदेखि ३ सय ६५ दिन नै सामाजिक कार्य घाेषणा गरेका छन् ।
उनीहरूकाे कार्यकाल अागामी जुलाइदेखि सुरू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्