विराटनगर । किरात धर्मालम्बीहरुको मौलिक पर्व उभौली पर्वको अवसरमा बैसाखे पुर्णिमा पर्ने याक्वा तङनाम यसपटक विराटनगरमा रहेका किरात याक्थुङ चुम्लुङ र याक्खा छुम्माले संयुक्त रुपमा मनाएका छन् ।

किरात याक्थुङ चुम्लुङ विराटनगर महानगर कमिटी र किरात याक्खा छुम्मा महानगरले शुक्रबार पितृहरुको सम्झानमा सयुक्त रुपमा याक्वा तङनाम मनाएका हुन् ।
विराटनगर १५ स्थित माङखिम मन्दिर परिसरमा रहेको चुम्लुङको नव निर्मित भवनमा भेलाभई विउ विजनहरु रोप्ने बेला भयो कुनै पनि रोग असिना पानी नपरोस भनेर आर्शिवाद माग्ने गर्दछन् । उभौलीको दिन लिम्बू समुदायले यसपटक सामान्य रुपमा मनाएको किरात याक्थुङ चुम्लुङका नगर अध्यक्ष कुमार सुब्बाले जानकारी दिए ।

यसपटक केलाङ नाच, हाक्पारे साम्लो (ख्याली) लाई थाती राखी सामान्य रुपमा भेला भएका कलाकारहरुले भने धान नाच नाचेका थिए । यस समुदायले बैसाखे पुर्णिमा सामान्य रुपमा मनाएता पनि मंसिरेपुर्णिमा भने भव्य रुपमा मनाउने गर्दछन् ।
