काठमाडौं । काठमाडौंमा आयोजित नेपाली युवा उद्यामी मञ्च (एनवाईईएफ) को राष्ट्रियस्तरको च्याम्पियनशिप क्रिकेट प्रतियोगितामा विराटनगर च्याप्टरले शानदार प्रदर्शन गर्दै उपाधि जितेको छ। फाइनल खेलमा ललितपुर च्याप्टरलाई पराजित गर्दै विराटनगर विजेता बनेको हो।
देशभरका विभिन्न च्याप्टरहरूको सहभागिता रहेको उक्त प्रतियोगिता एनवाईईएफको आयोजनामा सम्पन्न भएको थियो। प्रतिस्पर्धात्मक खेलहरूबीच विराटनगरले उत्कृष्ट टिमवर्क र रणनीतिक खेल प्रस्तुत गर्दै अन्ततः उपाधि आफ्नो नाममा सुरक्षित गर्न सफल भयो।
विजयसँगै विराटनगर च्याप्टरले आफ्नो खेलकुद क्षमता मात्र नभई टोली भावना र नेतृत्व कौशल पनि प्रमाणित गरेको छ। प्रतियोगितामा सहभागी अन्य टिमहरूलाई पछि पार्दै हासिल गरिएको यो सफलता विराटनगरका लागि गर्वको विषय बनेको छ। विराटनगर टिममा आशिष श्रेष्ठ, सृजन प्याकुरेल, विवेक दाहाल, अनुभव दाहाल , जयस श्रेष्ठ ,सुनिल श्रेष्ठ , सागर राज ढुङ्गाना , आर्नेश श्रेष्ठ रहेका थिए ।