विद्यार्थीको कथा बोकेको ‘रोल नं. १’ पुर्वमा ,बैशाख २५ गते विराटनगरका बिद्यालयमा आउने

<span class='c1'>विद्यार्थीको कथा बोकेको ‘रोल नं. १’ पुर्वमा</span> <span class='c2'>,बैशाख २५ गते विराटनगरका बिद्यालयमा आउने</span>

विराटनगर बैशाख २१ ,

सर्वकालीन ब्लकबस्टर पूर्णबहादुरको सारंगी फेम्ड निर्माता विनोद पौडेल को निर्माणमा तयार भएको नयाँ फिल्म रोल नं. १ को टिम अहिले पूर्वका विभिन्न सहरका विद्यालयमा पुगेको छ।

बैशाख २१ गतेदेखि कोशी प्रदेशका विभिन्न सहरका विद्यालयमा विद्यार्थीसँग अन्तरक्रिया गर्दै आएको टिम बैशाख २५ गते विराटनगर पुग्ने कार्यक्रम रहेको छ। ‘हरेक विद्यार्थीको कथा’ भन्ने थिमसहित निर्माण गरिएको फिल्मले विद्यार्थी जीवन, शिक्षण शैली, शिक्षा प्रणाली र समाजका विविध पक्षलाई उठान गर्ने निर्माण टिमले जनाएको छ।

निर्देशक जौन योञ्जन को निर्देशनमा बनेको यो फिल्म बाल मनोविज्ञानमा आधारित छ। पटकथा महेश दवाडी ले तयार पारेका हुन्। फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगीसिर्जना अधिकारी को अभिनय रहेको छ।

बाल कलाकारमा निर्भिक रेग्मी, रिञ्चेन लामा, संयम कटुवालसिजल श्रेष्ठ रहेका छन्। फिल्मका निर्माता विनोद पौडेलगुञ्जन गिरी हुन् भने कार्यकारी निर्माता छत्रमाया गिरीरमेश चौलागाईं रहेका छन्।

म्याग्दी को हिमाली तथा दुर्गम गाउँ रुममा छायांकन गरिएको फिल्मले ग्रामीण परिवेशको जीवन्त चित्रण गरेको छ। हाल पोस्ट–प्रोडक्सनमा रहेको फिल्मले नेपालको वर्तमान शिक्षा प्रणालीमाथि प्रश्न उठाउने निर्माता पौडेलको भनाइ छ।

फिल्मको एक गीत म्याग्दी को ग्रामीण भाखामा तयार पारिएको छ, जसमा प्रशान्त शिवाकोटी को संगीत रहेको छ। उक्त गीतले दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमले गरेको छ।

फिल्म ‘रोल नं. १’ आगामी १५ जेठदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्