विराटनगर बैशाख २१,
विराटनगरको फेसन परिदृश्यमा एउटा नयाँ र उत्साहजनक अध्याय थपिएको छ वृद्धि स्टाइल्स एण्ड वेयर्स । विराटनगरको जैन भवनको छेउमा महिला फेसनलाई आधुनिक, परिष्कृत र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रस्तुत गर्ने लक्ष्यका साथ युवा उद्यमी नेहा सिंहले यो स्टोर सञ्चालनमा ल्याएकी हुन् ।
विशेष गरी युरोपियन मिनिमल र एस्थेटिक थिमबाट प्रेरित यो पसलको भित्री सजावटले ग्राहकलाई छिर्नासाथ कुनै विदेशी बुटिकमा पुगेको अनुभूति गराउँछ। यहाँ एउटै छानामुनि ट्रेन्डी वेस्टर्न पहिरनहरू जस्तै ड्रेसेस, टप्स र फ्रक्सका साथै आकर्षक ह्यान्डब्याग, आधुनिक स्यान्डल, ज्वेलरी र हेयर एसेसरिजहरू सेक्सन-वाइज अत्यन्तै व्यवस्थित रूपमा सजाइएका छन्।

सञ्चालक सिंहका अनुसार, पसलको मूल मन्त्र नै 'क्वालिटी विथ एफोर्डेबिलिटी' हो। "हाम्रो उद्देश्य केवल व्यापार गर्नु मात्र होइन; हामी चाहन्छौँ कि प्रत्येक महिलाले यहाँका पहिरनमा आफूलाई आत्मविश्वासी र सुन्दर महसुस गरुन्," उनि भन्छिन। पसलमा 'लिमिटेड स्टक' राखिने भएकाले एउटै डिजाइन दोहोरिने सम्भावना न्यून हुन्छ, जसले ग्राहकलाई 'युनिक' देखिन मद्दत गर्छ। ट्रेन्ड अनुसार महिनामा दुईदेखि तीन पटक नयाँ कलेक्सन थपिने हुँदा फेसन पारखीहरूले यहाँ सधैँ नयाँपन र ताजापन पाउँछन्।

महिला उद्यमशीलता र आर्थिक आत्मनिर्भरतालाई बढावा दिने सोचका साथ सुरु गरिएको यो स्टोरले विराटनगरको स्थानीय बजारमा मात्र सीमित नरही इन्स्टाग्राम, टिकटक र ह्वाट्सएप मार्फत देशभर डेलिभरी सेवा समेत प्रदान गर्दै आएको छ। भविष्यमा आफ्नै ब्रान्डका कपडाहरू स्वदेशमै उत्पादन गरी 'मेड इन नेपाल' फेसनलाई प्रवद्र्धन गर्ने योजना राखेको यस स्टोरले छोटो समयमै ग्राहकको विश्वास र माया जित्न सफल भएको छ।
