विराटनगरमा राष्ट्रिय ३x३ बास्केटबल च्याम्पियनसिपको तयारी पूरा

<span class='c1'>विराटनगरमा राष्ट्रिय ३x३ बास्केटबल</span> <span class='c2'>च्याम्पियनसिपको तयारी पूरा</span>

विराटनगर । विराटनगर बास्केटबल एकेडेमी (BBA) को आयोजनामा आगामी वैशाख २६ र २७ गते सञ्चालन हुने राष्ट्रियस्तरको “३x३ बास्केटबल च्याम्पियनसिप” को सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको छ।

विगत १५ वर्षदेखि बास्केटबल खेलको विकासमा सक्रिय एकेडेमीले आयोजना गर्न लागेको प्रतियोगिता FIBA 3x3 का आधिकारिक मापदण्ड र नियमअनुसार सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा देशका विभिन्न शहरबाट छात्र तथा छात्रा टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगिता विराटनगर ५ स्थित एभरेष्ट कलेज को बास्केटबल कोर्ट मा हुने छ।

छात्रतर्फ सहभागी टोली

विराटनगर हुप्स, विराटनगर बास्केटबल एकेडेमी ‘A’ र ‘B’, सगरमाथा स्कुल, बेलबारी बास्केटबल क्लब, धरान हुप्स, होराइजन क्लब, यलम्बर, जुनास, युवा जागृति, इटहरी इग्नाइट ‘X’ र ‘Y’ तथा झापा बास्केटबल संघ सहभागी हुनेछन्।

छात्रातर्फ सहभागी टोली

विराटनगर बास्केटबल एकेडेमी ‘A’ र ‘B’, धरानको युवा जागृति, झापा बास्केटबल संघ तथा काठमाडौंको ग्रान्डे स्टार्स टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितालाई सफल बनाउन विभिन्न प्रतिष्ठित संस्थाहरूले साझेदारी गरेका छन्। गोल्ड स्पोन्सरको रूपमा Xtreme Energy Drink रहेको छ भने सिल्भर स्पोन्सरमा एभरेष्ट कलेज, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज तथा NBSC इलेक्ट्रोनिक्स शोरुम रहेका छन्।

त्यस्तै नेपाल बास्केटबल संघ (NeBA), मोरङ जिल्ला बास्केटबल संघ, कोशी प्रदेश बास्केटबल संघ र नेपाल बास्केटबल यूकेले विशेष सहयोग तथा समर्थन गरेका छन्।

अन्य सहयोगी संस्थाहरूमा हाम्रो विराटनगर, अबिन स्पोर्ट्स, ताज इभेन्ट्स नेपाल, JNL फुटसल, दपाल, वर्ल्डलिङ्क, न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल, टेक इन्फिनिटी, पिजन तथा होटल श्रीकृष्ण रहेका छन्।

एकेडेमीका अध्यक्ष सरोज लम्सालले प्रतियोगिताको मुख्य उद्देश्य युवा प्रतिभा पहिचान गर्नु र कोशी प्रदेशलाई खेलकुदको केन्द्रका रूपमा स्थापित गर्नु रहेको बताए।

प्रतियोगितामा विजेता टोलीहरूलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ। आयोजकले बास्केटबलमार्फत युवा सशक्तीकरण र खेल संस्कृतिको विकासमा सहभागी हुन सम्पूर्ण खेलप्रेमीहरूलाई प्रतियोगिता अवलोकन गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्