रानी नाकाबाट परिचयपत्र देखाएपछि मात्रै प्रवेश, रोहिंग्यामाथि निगरानी

<span class='c1'>रानी नाकाबाट परिचयपत्र देखाएपछि</span> <span class='c2'>मात्रै प्रवेश, रोहिंग्यामाथि निगरानी</span>

सोनु साह
विराटनगर । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएपछि मोरङका सीमावर्ती नाकाहरूमा आवतजावत गर्ने नागरिकलाई नागरिकता वा अन्य आधिकारिक परिचयपत्र देखाउन अनिवार्य गरिएको छ । विशेषगरी विराटनगरको रानी नाकासहित मोरङ जिल्लाका अन्य सीमानाकामा सुरक्षा निगरानी कडा पारिएको हो ।

सुरक्षाकर्मीहरूले सीमाक्षेत्रमा चेकजाँचलाई तीव्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार भारतबाट रेलमार्फत एकपटकमा ४ सयदेखि ५ सयसम्म मानिस नेपाल प्रवेश गर्ने गर्दा केहि संभावित आशंका गर्नुपर्ने व्यक्तिहरु आउनसक्ने कुरालाई मध्यनजर गरेर यस्तो गरिएको हो ।

उनका अनुसार सीमाक्षेत्रमा कुनै पनि प्रकारको घुसपैठ, आपराधिक गतिविधि तथा लागूऔषध कारोबार नियन्त्रण गर्न विशेष निगरानी थालिएको हो । लागूऔषध प्रयोगकर्ताहरू भारततर्फ गएर सेवन गरी पुनः नेपाल फर्किने गतिविधिसमेत बढेकाले त्यसलाई नियन्त्रण गर्न सुरक्षा जाँच कडा पारिएको जनाइएको छ । तर, यसको भित्री कुरा भने भारतको पश्चिम बंगालमा राजनीतिक गतिविधि परिवर्तन भएसँगै त्यहाँ गैरकानुनी रूपमा बसोबास गर्दै आएका रोहिंग्या मुस्लिमहरू नेपाल प्रवेश गर्न सक्ने आशंकाका आधारमा कडाई गरिएको बताइन्छ । पराराष्ट्र मन्त्रालयले यस विषयमा अहिलेसम्म बोलेको छैन । त्यसैले स्थानीय प्रशासनले भने सीमा क्षेत्रमा गर्नसक्ने कडाई मार्फत निगरानी बढाएको बुझिएको छ ।

त्यसैगरी, विभिन्न आन्दोलनका क्रममा फरार रहेका बन्दी–कैदीहरू भारतबाट नेपाल प्रवेश गर्न सक्ने आशंकाले जोगबनी नाकामा विशेष कडाइ गरिएको एक सुरक्षाकर्मीले बताए । प्रहरी प्रशासनका अनुसार सीमा क्षेत्रमा कडाइ गरिएपछि गैरकानुनी गतिविधि, घुसपैठ तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्