डिउटीमा खटिने प्रहरीको विराटनगरमा निःशुल्क आँखा जाँच

<span class='c1'>डिउटीमा खटिने प्रहरीको विराटनगरमा</span> <span class='c2'>निःशुल्क आँखा जाँच</span>

विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङले विराट रानी आँखा अस्पतालको प्राविधिक सहयोगमा आइतबार जिल्ला प्रहरी कार्यालय मोरङमार्फत डिउटीमा खटिने प्रहरीहरुको निःशुल्क आँखा जाँच गरेको छ ।


प्रहरीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको शिविरमा २ सयभन्दा बढी प्रहरी कर्मचारीहरुले सेवा लिएका थिए । शिविरमा आँखा परीक्षणसँगै आवश्यक औषधी समेत निःशुल्क वितरण गरिएको नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले जानकारी दिए ।

 


फिल्डमा खटिने प्रहरी कर्मचारीहरुको आँखासम्बन्धी समस्या पहिचान गरी समयमै उपचारमा सहयोग पुगोस भनेर डिउटीमा खटिने प्रहरीको आँखा जाँचपछि औषधी समेत वितरण गरिएको ढकालले जानकारी दिए ।

 


आँखा शिविर कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने संघका पदाधिकारी, कार्यसमिति सदस्य, स्वास्थ्यकर्मी तथा शुभेच्छुकहरुप्रति अध्यक्ष देशबन्धु ढकालले धन्यवाद समेत व्यक्त गरे । संघले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्यसम्बन्धी यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्