विराटनगर । मेडिकल तथा इन्जिनियरिङ प्रवेश परीक्षाको तयारीका लागि अब काठमाडौँ धाउनुपर्ने बाध्यता हट्दै गएको छ। विराटनगर–१० निलसदनस्थित ‘संकल्प क्लासेस’ ले उत्कृष्ट नतिजासहित आफूलाई पूर्वी नेपालको भरपर्दो तयारी केन्द्रका रूपमा स्थापित गर्दै गएको दाबी गरेको छ।
संकल्प क्लासेसले मेडिकल, नर्सिङ, पारामेडिकल तथा इन्जिनियरिङ प्रवेश परीक्षाको नयाँ तयारी कक्षा वैशाख २८ गते सोमबारदेखि सञ्चालन गर्ने जनाएको छ। विज्ञान संकाय तथा CTEVT अध्ययन गरेका विद्यार्थीलाई लक्षित गरी कक्षा सञ्चालन गर्न लागिएको संस्थाले जनाएको हो।
संस्थाका अनुसार यहाँ MBBS, BDS, BAMS, BSc. Nursing, B.Pharmacy, BMLT, B. Optometry, BPT, BE, B.Arch. तथा BSc. CSIT लगायत कार्यक्रमका लागि प्रवेश परीक्षा तयारी गराइनेछ। संकल्प क्लासेसका सञ्चालक अकलेस साहका अनुसार विगत केही वर्षदेखि विराटनगरमै गुणस्तरीय तयारी कक्षा सञ्चालन हुँदै आएको छ। “विद्यार्थीलाई राम्रो तयारीका लागि अब काठमाडौँ जानुपर्ने अवस्था हट्दै गएको छ,” उनले भने।
छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको संकल्पले २०८२ सालको चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित Common Entrance Exam (CEE) मा उत्कृष्ट नतिजा निकालेको जनाएको छ। संकल्पबाट MBBS तर्फ १४ जना, BDS तर्फ १ जना, BSc. Nursing तर्फ ४ जना, B.Pharmacy तर्फ २ जना र BPH तर्फ २ जना गरी कुल २३ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका थिए।
त्यसैगरी, विद्यार्थी सुशान्त दाहालले BPH प्रवेश परीक्षामा नेपालभर दोस्रो स्थान हासिल गरेका थिए भने अन्य धेरै विद्यार्थी Paying List मा नाम निकाल्न सफल भएको संस्थाले जनाएको छ। संकल्पले विराटनगरका अनुभवी शिक्षकसँगै वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज, पूर्वाञ्चल विश्वविद्यालय तथा काठमाडौँका चर्चित शिक्षकमार्फत अध्यापन गराउँदै आएको जनाएको छ। व्यक्तिगत हेरचाह, नियमित मार्गदर्शन, प्रेरणा र विद्यार्थीमैत्री वातावरणले उत्कृष्ट नतिजा सम्भव भएको संस्थाको दाबी छ।
संस्थाले प्रत्येक शनिबार दिउँसो २ बजे Weekly Mock Test सञ्चालन गर्ने जनाएको छ। उक्त परीक्षामा संकल्पका विद्यार्थीका साथै घरमै बसेर तयारी गरिरहेका तथा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले समेत सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।




नियमित ४ घण्टे कक्षा, CEE तर्फ २०० नम्बर तथा IOE तर्फ १०० नम्बरको Mock Test, विद्यार्थी–शिक्षक मैत्रीपूर्ण वातावरण र मेहनतद्वारा सपना पूरा गर्न प्रेरित गर्ने शैलीका कारण संकल्प प्रदेशकै उत्कृष्ट प्रवेश परीक्षा तयारी केन्द्रका रूपमा स्थापित हुँदै गएको सञ्चालक साहको भनाइ छ।