विराटनगरमा सम्पन्न राष्ट्रिय ३X३ बास्केटबलमा छात्रतर्फ धरानको झुनासु र छात्रातर्फ काठमाडौंको ग्रान्डे स्टार्स च्याम्पियन

<span class='c1'>विराटनगरमा सम्पन्न राष्ट्रिय ३X३ बास्केटबलमा छात्रतर्फ धरानको</span> <span class='c2'>झुनासु र छात्रातर्फ काठमाडौंको ग्रान्डे स्टार्स च्याम्पियन</span>

विराटनगर । विराटनगर बास्केटबल एकेडेमी को आयोजनामा सञ्चालित राष्ट्रिय स्तरको ३X३ बास्केटबल च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ। एभरेष्ट कलेजको खेल मैदानमा भएको रोमाञ्चक फाइनल भिडन्तमा छात्र तर्फ झुनास फिट्नेस धरान र छात्रा तर्फ ग्रान्डे स्टार्स काठमान्डौ ले उपाधि हात पारेका छन्।

फाइनल खेलमा छात्र तर्फ उपाधि भिडन्तमा झुनासले आयोजक टोली बिबिए बि लाई २१–१० को फराकिलो अन्तरले पराजित गर्यो । झुनासका सर्बो राई च्याम्पियनसिपको छात्र तर्फ मोस्ट भ्यालुएबल प्लेयर घोषित भए। त्यसैगरी छात्रा तर्फ ग्रान्डे स्टार्सले युवा जागृति धरान लाई २०–२ को स्कोरमा हराउँदै एकपक्षीय जित निकाल्यो । यस च्याम्पियनसिपमा छात्रा तर्फ ग्रान्डे स्टार्सकी रिन्छेन मोक्तान उत्कृष्ट खेलाडी एमभिपि चुनिन।


प्रतियोगिताका विजेता टोलीहरूले नगद ५०,००० रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरे। त्यसैगरी उप–विजेता टोलीहरूले नगद २५,००० रुपैयाँ प्राप्त गरे भने विधागत उत्कृष्ट खेलाडी एमभिपि लाई जनही १०,००० रुपैयाँ प्रदान गरियो।


एभरेष्ट कलेजका प्रिन्सिपल टीकाराम पुरीको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण समारोह सम्पन्न भएको थियो । कार्यक्रममा एभरेष्ट स्कुलका भाइस प्रिन्सिपल कुन्दन पुरी, मोरङ जिल्ला बास्केटबल संघका उपाध्यक्ष अनिल राई र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक अनुभव दाहाल, आयोजक संस्था विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्साल, ओ वी मिडिया का अध्यक्ष विवेक दाहाल र दिपालका सेल्स एक्जुकेटिभ महेश नेपालीले विजयी खेलाडीहरूलाई पुरस्कार तथा प्रशंसा पत्र वितरण गर्नुभएको थियो।

गत १५ वर्षदेखि ग्रासरुट बास्केटबल विकासमा सक्रिय एकेडेमी ले आयोजना गरेको यस प्रतियोगिताले नेपालमा बास्केटबलको इकोसिस्टमलाई थप बलियो बनाउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्