विराटनगर । यामाहा रेसिङ ब्लु नेपालद्वारा विराटनगरमा “माइलेज च्यालेन्ज” कार्यक्रम सम्पन्न गरिएको छ । विराटनगरस्थित ह्यापी आवर हेभेनमा आयोजित कार्यक्रममा सहभागीहरूले यामाहाको स्कुटरमार्फत उत्कृष्ट माइलेज प्रदर्शन गरेका थिए ।
प्रतियोगितामा स्वाती देओले ८७.१३ किलोमिटर प्रतिलिटर माइलेज हासिल गर्दै प्रथम स्थान प्राप्त गरिन् । त्यसैगरी, मलिना मण्डलले ७७.७४ किलोमिटर प्रतिलिटर माइलेजसहित दोस्रो स्थान हासिल गर्दा सुजन खतिवडाले ७५.७५ किलोमिटर प्रतिलिटर माइलेज निकाल्दै तेस्रो स्थान हात पारे ।
कार्यक्रममा विशेष रूपमा यामाहाको Ray ZR 125Fi Street Rally Hybrid स्कुटर प्रयोग गरिएको थियो । कम्पनीका अनुसार उक्त स्कुटरको एआरएआई प्रमाणित माइलेज ७१.३३ किलोमिटर प्रतिलिटर रहेको छ । तर प्रतियोगिताका शीर्ष तीनै विजेताले आधिकारिक माइलेजभन्दा बढी प्रदर्शन गर्दै नयाँ उपलब्धि कायम गरेका हुन् ।
यामाहाको Ray ZR 125Fi Street Rally Hybrid स्कुटर नेपालमा उच्च माइलेज दिने स्कुटरमध्ये एकको रूपमा परिचित रहेको आयोजकले जनाएको छ । कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।