विराटनगरको अमानगर–झरना चौक सडकखण्ड नालामा फोहोर पानी जम्दा स्थानीयलाई सास्ती

<span class='c1'>विराटनगरको अमानगर–झरना चौक सडकखण्ड नालामा</span> <span class='c2'>फोहोर पानी जम्दा स्थानीयलाई सास्ती</span>

सोनु साह
विराटनगर । विराटनगर महानगरपालिका–६ स्थित अमानगर टोलदेखि झरना चौकसम्मको नाला लामो समयदेखि सफा नभएको कारण फोहोर पानी सडकमा बग्न थालेपछि स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ ।

स्थानीयका अनुसार नालामा फोहोर जमेर पानी निकास हुन नसक्दा सडक नै हिलाम्मे र दुर्गन्धित बनेको छ । स्थानीय सरभरोज खानले पटक–पटक वडा अध्यक्ष तथा महानगरको सरसफाइ शाखामा जानकारी गराउँदा समेत कुनै चासो नदिइएको गुनासो गरे ।

उनका अनुसार विगत ६ महिनादेखि समस्या यथावत रहेको छ । नालाको पानी लामो समयदेखि जमेर बसेकाले दुर्गन्ध फैलिएको र लामखुट्टेको समेत अत्यधिक समस्या बढेको उनले बताए । त्यसका कारण स्थानीय बिरामी पर्ने अवस्था समेत सिर्जना भएको उनको भनाइ छ ।

यता वडा अध्यक्ष हरिशचन्द्र सहनीले भने समस्या बारे आफूलाई जानकारी भएको बताएका छन् । बजेट अभावका कारण निर्माण तथा व्यवस्थापन कार्यलाई तीव्रता दिन नसकिएको उल्लेख गर्दै उनले वडामा सरसफाइ अभियानलाई निरन्तरता दिइएको बताए ।

उनले केही स्थानमा सरसफाइ गर्न बाँकी रहेकाले यसै हप्ताभित्र नाला सफा गर्ने काम सुरु गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्