विराटनगर । वि.सं. २०३३ सालमा स्थापना भएको अरनिको आवासीय माध्यमिक विद्यालय आज कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा परिचित बनेको छ। लामो शैक्षिक अनुभव, अनुशासन र उत्कृष्ट नतिजाका कारण अरनिकोले विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइ बन्न सफल भएको हो।
वि.सं.२०५८ सालदेखि उच्च माध्यमिक शिक्षा अन्तर्गत कक्षा ११ र १२ सञ्चालन गर्दै आएको अरनिको कलेज विशेषगरी विज्ञान संकायमा कोशी प्रदेशकै नम्बर १ शिक्षण संस्थाका रूपमा स्थापित छ। गुणस्तरीय शिक्षाका कारण उच्च अध्ययनका लागि बाहिरिने विद्यार्थीको संख्या घटाउन मात्र होइन, विराटनगरमा बाहिरिने ठूलो धनराशीसमेत रोक्न कलेज सफल भएको बताइन्छ।
अरनिकोबाट अध्ययन पूरा गरेका हजारौं विद्यार्थी आज डाक्टर, इन्जिनियर तथा विभिन्न प्रतिष्ठित पेशामा आबद्ध छन्। अनुभवी शिक्षक, व्यवस्थित शैक्षिक वातावरण, प्रयोगात्मक सिकाइ र उत्कृष्ट नतिजाले कलेजलाई थप विश्वासिलो बनाएको छ।
यसैबीच, कलेजले नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना लिन जेठ २ गते शनिबार प्रवेश परीक्षा सञ्चालन गर्ने जनाएको छ। विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अरनिको कलेज उत्कृष्ट गन्तव्य बन्ने विश्वास गरिएको छ।