दोस्रो कार्यकालको पदभार ग्रहण गर्दै अध्यक्ष राउतले भने–उत्पादन नबढाई आयात घट्दैन

<span class='c1'>दोस्रो कार्यकालको पदभार ग्रहण गर्दै अध्यक्ष</span> <span class='c2'>राउतले भने–उत्पादन नबढाई आयात घट्दैन</span>

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिले पदस्थापन बिहीबार भएको छ । दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित राजेन्द्र राउत नेतृत्वको समितिले विराटनगरमा विशेष समारोहको आयोजना गरेर पदभार ग्रहण गरिएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको आतिथ्यतामा नवनिर्वाचित अध्यक्ष राउतले पदभार ग्रहण गर्दै देशको अर्थतन्त्र सुधार्न उत्पादन बढाउनुपर्ने बताएका थिए । मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै अध्यक्ष राउतले यदि आयात घटाउने सरकारको नीति हो भने आन्तरिक उत्पादनका कार्यक्रममा जोड दिनुपर्नेमा उनको जोड थियो । अध्यक्ष राउतले सरकारले हरेक वर्षको बजेट र नीति तथा कार्यक्रममा २० प्रतिशत आयात घटाउने लक्ष्य राखे पनि स्वदेशमा उद्योग स्थापना र उत्पादन वृद्धिको स्पष्ट नीति नहुँदा आयात झन् बढ्दै गएको टिप्पणी गरेका थिए । जबसम्म आयातलाई प्रतिस्थापन गर्ने गरी स्वदेशमै उद्योग स्थापना गर्ने स्पष्ट नीति आउँदैन, तबसम्म आयात घट्नेवाला छैन उनले भने ।

अध्यक्ष राउतले हालै संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा समेटिएको ‘लगानी एक्सप्रेस’ नीति, एक दिनमै कम्पनी दर्ता हुने व्यवस्था र व्यक्तिगत आयकरको पुनरावलोकन गर्ने घोषणाले निजी क्षेत्रमा केही आशा जगाएको बताएका छन् । कोशी प्रदेशमा कृषि, पर्यटन र जलविद्युतको प्रचुर सम्भावना रहेको भन्दै यसलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएका थिए ।
आफ्नो नयाँ कार्यकालको योजना प्रस्तुत गर्दै अध्यक्ष राउतले महासंघको स्थायी भौतिक संरचना निर्माण, सचिवालय सुदृढीकरण र कोशी प्रदेशका उद्योग–व्यवसायको वस्तुगत तथ्यांक संकलन ९डिजिटलाइजेसन० लाई प्राथमिकतामा राख्ने घोषणा गरेका छन् । साना, मझौला तथा महिला उद्यमीहरूको हकहितका लागि महासंघले सशक्त पैरवी गर्ने र सीपमूलक तालिममार्फत युवा पलायन रोक्न ‘टिभेट’ समितिमार्फत काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गत वर्ष केन्द्रिय महासंघबाट ‘उत्कृष्ट प्रदेश’ को सम्मान पाएको स्मरण गर्दै अध्यक्ष राउतले आगामी दिनमा पनि पर्यटन विकास र औद्योगिक सुरक्षाका लागि सरकारसँग समन्वय गर्ने बताएका छन् ।
समारोहमा विशिष्ट अतिथिका रूपमा पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्माइल मन्सुरी, प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, विराटनगर महानगरका प्रमुख नागेश कोइराला लगायत सरकारी अधिकारी र उद्योगी व्यवसायीहरूको बाक्लो उपस्थिति थियो । वक्ताहरूले राजनीतिक स्थिरतासँगै अब आर्थिक विकास र लगानीमैत्री वातावरण निर्माणमा सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको आर्थिक चलायमानका लागि निजी क्षेत्रलाई साथ लिएर हिड्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको विराटनगरमा आयोजित चौथो कार्यकारिणी समितिको पदस्थापन समारोहको उद्घाटन गर्दै उनले नीजि क्षेत्रलाई डर र त्रास नदेखाई उनीहरुलाई सुरक्षाको प्रत्याभूति दिएर प्रदेशको समृद्धिको लागि साथमा लिएर हिड्ने प्रतिवद्धता जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्