शिक्षादीप कलेजमा भर्ना खुल्यो, प्रवेश परीक्षा जेठ २ र ५ गते

<span class='c1'>शिक्षादीप कलेजमा भर्ना खुल्यो, प्रवेश परीक्षा</span> <span class='c2'>जेठ २ र ५ गते</span>

विराटनगर । शिक्षादीप कलेज ले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ (+२) मा भर्ना खुला गरेको छ । विगत पाँच वर्षदेखि कोशी प्रदेशकै पहिलो रोजाइमा पर्न सफल कलेजले विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन संकायमा अध्ययन गराउँदै आएको छ ।

कलेज प्रशासनका अनुसार विज्ञान संकायतर्फको प्रवेश परीक्षा जेठ २ गते र व्यवस्थापन संकायतर्फको प्रवेश परीक्षा जेठ ५ गते बिहान ७ः३० बजे सञ्चालन गरिनेछ । साथै जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरूका लागि १०० प्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था गरिएको कलेजले जनाएको छ ।

शैक्षिक उत्कृष्टताको क्षेत्रमा पनि कलेजले उल्लेखनीय सफलता हासिल गर्दै आएको छ । मेडिकलतर्फ कलेजकी विद्यार्थी विभा कुमारी नायक ले MBBS CEE–2026 मा छात्रातर्फ प्रथम स्थान हासिल गरेकी छन् ।

त्यस्तै इन्जिनियरिङतर्फ इन्स्टिच्युट अफ इन्जिनियरिङ (IOE) प्रवेश परीक्षामा शिक्षादीप कलेजका विद्यार्थीहरू विगत तीन वर्षदेखि लगातार उत्कृष्ट १०० भित्र पर्न सफल हुँदै आएका छन् ।

कलेजका अनुसार वि.सं. २०८० मा ३ जना, २०८१ मा ४ जना र २०८२ मा २ जना विद्यार्थी उपत्यका बाहिरको कलेजबाट पूर्ण छात्रवृत्तिसहित उत्कृष्ट श्रेणीमा छनोट भएका थिए । यस उपलब्धिले कलेजको शैक्षिक गुणस्तर र प्राज्ञिक सफलतालाई थप पुष्टि गरेको कलेज प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्