जोगबनी–विराटनगर क्यारिङ्ग छोडेर उद्योगी बन्दै अपाङ्गता भएका व्यक्तिहरु

<span class='c1'>जोगबनी–विराटनगर क्यारिङ्ग छोडेर उद्योगी</span> <span class='c2'>बन्दै अपाङ्गता भएका व्यक्तिहरु</span>

विराटनगर । सीमापार भारतीय बजार जोगबनीबाट सामान ल्याएर विराटनगरमा बिक्री गर्ने मेरुदण्ड पक्षघात भएकाहरुका लागि विराटनगर महानगरपालिकाले उद्यमशील तालिममा लगानी गरेको छ । महानगरपालिकाको सहयोगमा राष्ट्रिय अपाङ महासंघ नेपाल, सामथ्र्य समाज समेतको समन्वयमा सीपआर्जन तालिम सुरु भएको हो ।

तालिमको आयोजना साथी फुडवेयर घरेलु उद्योले गरेको छ । यो तालिम आयोजना गर्ने उद्योग अपाङगता भएका व्यक्तिहरु संलग्न रहेर स्थापना गरिएको हो । जसको सञ्चालक समितिमा ७ जना र उद्योगका सदस्यहरुमा १७ जना रहेका छन् । यो उद्योग स्थापना गर्नुपूर्व उनीहरु जोगबनी पुगेर क्यारिङको काम गर्दै आएका थिए । सामान ल्याएर उनीहरुले विराटनगर बजारमा बिक्री गर्ने गरेका थिए ।
त्यो दैनिक आयआर्जनको बाटो छोडेर उनीहरु अब उद्यमशील हुन चाहेका हुन् । उद्योग स्थापना गर्नका लागि सीप आवश्यक पर्ने भएपनि उनीहरुलाई महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले दशलाख ९५ हजार रुपैँया बजेट उपलब्ध गराएको सामाथ्र्य समाज नेपालका अध्यक्ष चेतनाथ पोखरेलले जानकारी दिएका छन् ।

राष्ट्रिय अपाङ महासंघ कोशीका व्यवस्थापक सरोज नेपालीका अनुसार यो तालिममा विराटनगर महानगरपालिका उपप्रमुखले नेतृत्वदायी भूमिका निर्वाह गरेकी छिन् । उनको सुखद पहलका आधारमा तालिम सुरु गरिएको हो ।

उदघाटन सत्रमा राष्ट्रिय अपाङ महासंघ कोशीका सचिव गोपालमान थापाले फुट वेयर उद्योग स्थापना भइसकेपछि अब काम पनि त्यहिं गर्नुपर्ने बताएका छन् । उनले उद्योग स्थापना गर्ने, तालिम लिने अनि काम चाँहि अन्त गर्ने काम छोड्नुपर्ने बताएका छन् । तालिमको शुक्रबार उद्घाटन गरिएको छ । अब आइतबारदेखि एक महिनासम्म दिनको दुईघण्टा विशेष सहजकर्तामार्फत जुत्ताचप्पल बनाउने तालिम दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्