स्वीकृत भयो मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, ५१ हजार घरधुरी प्रभावित हुने आंकलन

<span class='c1'>स्वीकृत भयो मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना,</span> <span class='c2'>५१ हजार घरधुरी प्रभावित हुने आंकलन</span>

विराटनगर । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ। स्वीकृत कार्ययोजनाअनुसार यस वर्ष देशभरिका करिब ५१ हजार ८६८ घुरधुरीका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने देखिएको आकलन गरिएको हो।

बिहीबार स्वीकृत कार्ययोजना अनुसार प्रभावितमा महिलाको संख्या अधिक छ। मनसुनजन्य विपदबाट यसवर्ष ५१.१० प्रतिशत महिला र ४८.९० प्रतिशत पुरूष प्रभावित अनुमान गरिएको छ ।
त्यस्तै ४ हजार ५०० जना प्रजनन उमेर समूहका महिला छन्। ४ हजार ९०० अपांगता भएका, पाँच वर्ष मुनिका बालबालिकाको संख्या १८ हजार आकलन गरिएको छ। ४७ हजार वृद्धवृद्धा प्रभावित हुने कार्ययोजनामा वर्गीकृत गरिएको छ।

यस वर्षको मनसुनमा लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने आकलन गरिएको छ। लुम्बिनी प्रदेशका ११ हजार ८१४ घरधुरीका ५१ हजार ६२६ जनसंख्या बढी प्रभावित हुने देखिएको छ। लुम्बिनीका १२ जिल्लामध्ये दाङभन्दा बढी ७ हजार ७७१ र सबैभन्दा कम रूकुमपूर्व २०६ जनसंख्यामात्रै प्रभावित हुने आकलन छ।

लुम्बिनीपछि कोशी बढी प्रभावित देखिन्छ। कोशीका ८ हजार ८६३ घरधुरीका ३८ हजार ७३६ जनसंख्या प्रभावित हुने आकलन छ। कोशीको सुनसरी यस वर्ष सबैभन्दा बढी प्रभावित हुने सम्भावित जिल्लाको सूचीमा छ। जहाँ ९ हजार २२४ जना प्रभावित हुने आकलन छ। सबैभन्दा कम इलाम प्रभावित हुने देखिएको छ। त्यहाँ ३६९ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ। कोशीपछि मनसुनजन्य विपद्बाट प्रभावित हुनेमा मधेस प्रदेश छ।

मधेसका करिब ८ हजार ९२ घरधुरीका ३५ हजार ३६१ परिवार प्रभावित हुने आकलन छ। मधेसको रौतहट सबैभन्दा बढी प्रभावित हुने देखिएको छ। जहाँ ९ हजार १२८ जना प्रभावित हुने आकलन छ। सबैभन्दा कम बारा जिल्ला प्रभावित हुने आकलन गरिएको छ। जसको केसलोड १५० मात्रै छ।

मधेसपछि प्रभावित हुने सूचीमा सुदूरपश्चिम छ। जहाँ ३३ हजार २२७ जना प्रभावित हुने देखिएको छ। सुदूरपश्चिमको सबैभन्दा बढी प्रभावित हुने जिल्लामा कञ्चनपुर छ। जहाँ ७ हजार १३२ जना प्रभावित हुने देखिएको छ। सबैभन्दा कम दार्चुलामा १ हजार ४६७ जनसंख्या प्रभावित हुने आकलन छ। सुदूरपश्चिमपछि पाँचौंमा बागमती प्रदेश छ। बागमतीमा ७ हजार ५२८ घरधुरीका ३२ हजार ८९७ जनसंख्या प्रभावित हुने देखिएको छ। बागमतीमा जिल्लागत रूपमा दोलखा प्रभावित हुने सूचीमा अगाडि छ। दोलखाका ५ हजार ५८२ जना प्रभावित हुने देखिएको छ।

सबैभन्दा कम भक्तपुरमा १०३ जना मात्रै प्रभावित हुने आकलन छ। छैठौंमा गण्डकी प्रदेश छ। यस वर्षको मनसुनवजन्य विपदमा गण्डकीका ४ हजार ९५२ घरधुरीका २१ हजार ६४१ जनसंख्या प्रभावित हुने देखिएको छ। गण्डकीको सबैभन्दा बढी प्रभावित जिल्लामा नवलपुर ८ हजार ५८३ जना र सबैभन्दा कम मुस्ताङमा ५१ जना प्रभावित हुने आकलन छ।

प्रदेशगत रूपमा कर्णाली पुछारमा छ। कर्णालीको ३ हजार १५ घरधुरीको १३ हजार १७५ जनसंख्या प्रभावित हुने देखिएको छ। कर्णालीमा सबैभन्दा बढी सुर्खेतमा ३ हजार १७७ र सबैभन्दा कम हुम्लामा ८१ जना प्रभावित हुने आकलन छ। सामन्यतया मनसुन १३ जुनमा भित्रने गर्छ। २ अक्टोबरसम्म रहने गर्छ। यसवर्ष पानी कम पर्ने र गर्मी बढी हुने प्रक्षेपण छ। यस वर्ष पानी नै कम पर्ने भएकाले केस लोड पनि तुलनात्मकरूपमा कम देखिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्