एचिभर्स कन्सल्टिङ सर्भिसेसले ५ विद्यार्थीलाई विराटनगरमा निशुल्क प्लस टु पढाउने

<span class='c1'>एचिभर्स कन्सल्टिङ सर्भिसेसले ५ विद्यार्थीलाई</span> <span class='c2'>विराटनगरमा निशुल्क प्लस टु पढाउने</span>

विराटनगर । विराटनगर–१० स्थित रेन्बो गल्लीमा रहेको एचिभर्स कन्सल्टिङ सर्भिसेसले ५ जना अति विपन्न तथा जेहेन्दार विद्यार्थीलाई निशुल्क प्लस टु अध्ययन गराउने भएको छ ।

कन्सल्टिङ सर्भिसेसका निर्देशक सुनिल जेसवालका अनुसार एसइई दिएका विद्यार्थीहरुलाई “लिडर स्कलरसिप २०२६” अन्तर्गत आगामी दुई वर्षसम्मको अध्ययन शुल्क पूर्ण रुपमा निशुल्क गरिनेछ । संस्थाले केही समयअघि “लिडर स्कलरसिप २०२६” छात्रवृत्ति परीक्षा सञ्चालन गरेको थियो । उक्त परीक्षाबाट खुला प्रतिस्पर्धाबाट २ जना, गरिब तथा जेहेन्दारतर्फ २ जना र अपांगता कोटाबाट १ जना विद्यार्थी छनोट गरिएको जनाएको छ ।

छनोट भएका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी छात्रवृत्तिको प्रमाणपत्र समेत वितरण गरेको छ । निशुल्क छात्रवृत्ति पाउने विद्यार्थीहरुमा काजल कुमारी कर्ण, सागरमणि फुयाल, अमन मण्डल, श्वेतम साह र भोला देव रहेका छन् ।

उनीहरुलाई विराटनगरका निजी तथा सरकारी कलेजमा आफ्नै इच्छाअनुसार अध्ययन गर्ने व्यवस्था मिलाइने निर्देशक जयसवालले जानकारी दिए । छात्रवृत्ति प्राप्त विद्यार्थी अमन मण्डलले एचिभर्स कन्सल्टिङ सर्भिसेसबाट प्राप्त निशुल्क छात्रवृत्तिले आफ्नो पढाइमा ठूलो सहयोग पुग्ने प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्