विराटनगर जेष्ठ ५ ,
विराटनगरस्थित विराट व्यापार संघले सबै व्यवसायीलाई वस्तुको स्पष्ट मूल्यसूची राखेर बिक्री–वितरण गर्न आग्रह गरेको छ। संघले सरकारले समेत बिक्री हुने सामानमा मूल्य टाँसेर बिक्री गर्न निर्देशन दिइसकेको भन्दै त्यसको पूर्ण पालना गर्नुपर्ने जनाएको छ।
२०५७ सालदेखि व्यापारीको हकहितमा काम गर्दै आएको संघले बिना लेबल, प्याकिङ वा मूल्य नभएका वस्तुहरूलाई समेत मूल्यसूचीमा समावेश गरी स्पष्ट रूपमा देखिने गरी राख्न व्यवसायीलाई अनुरोध गरेको छ।
संघका अध्यक्ष प्रमोद जिन्दलले राज्य र उपभोक्ता दुवैको हितका लागि यो अभियानमा सबै व्यवसायीको सहयोग आवश्यक रहेको उल्लेख गरेका छन्। मूल्यसूची विराट व्यापार संघको कार्यालय (जलजला रोड) बाट उपलब्ध हुने बिराट ब्यापार संघका अध्यक्ष प्रमोद जिन्दलले बताए ।