विराटनगरको जुटमिल खेल मैदानमा छैटौँ मिल्स गोल्डकप, विजेतालाई २ लाख पुस्कार

<span class='c1'>विराटनगरको जुटमिल खेल मैदानमा छैटौँ मिल्स</span> <span class='c2'>गोल्डकप, विजेतालाई २ लाख पुस्कार</span>

विराटनगर । विराटनगरको जुटमिल खेलमैदानमा छैटौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता २०८३ आयोजना हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा जेठ ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने भएको हो । प्रतियोगिताको तयारीबारे आज आयोजकले विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।


मिल्स एरियाको फुटबल खेल र खेलाडीहरूको इतिहासलाई जगेर्ना गर्ने उद्देश्यसहित अग्रज पूर्व खेलाडीहरूको नेतृत्वमा वि.सं.२०७२ सालमा क्लब स्थापना गरिएको आयोजकले जनाएको छ । क्लबले २०७७ सालदेखि निरन्तर रूपमा कोशी प्रदेश स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ।
प्रतियोगिताको कुल अनुमानित लागत १० लाख रुपैयाँ रहेको छ। प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मिल्स गोल्डकपका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।

त्यसैगरी, विभिन्न चार विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार १ सय रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई मेडलसहित ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।


प्रतियोगिताको संयोजकमा अमृत गुरुङ रहेका छन्। उद्घाटन खेलमा झापाको कन्काई स्पोर्टिङ क्लब र उदयपुरको ब्रदरहुड फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका ‘क’ डिभिजनका ८ वटा फुटबल क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्