विराटनगरको रोडशेषमा कार र मोटरसाइकल दुर्घटना , कार चालक फरार

<span class='c1'>विराटनगरको रोडशेषमा कार र मोटरसाइकल</span> <span class='c2'>दुर्घटना , कार चालक फरार</span>

विराटनगर । विराटनगर महानगरपालिका–१२ रोडशेष स्थित कोशी लोकमार्गमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । बुधबार राति करिब ८ बजे दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको बा.प्रदेश ०१–०३१ च १२२३ नम्बरको कारले बाटो क्रस गर्दै गरेको प्र .१–०४–००२ प १५९३ नम्बरको १६० सिसी बजाज मोटरसाइकललाई ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक विराटनगर–१२ बस्ने २७ वर्षीय असुनी कुमार ठाकुर घाइते भएका छन् । उनको निधारमा चोट लागेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । त्यस्तै मोटरसाइकलको पछाडि सवार चालककी आमा ५० वर्षीया निभा ठाकुरको दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनको सामान्य अवस्थामा रहेको बताइएको छ । दुवै घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेको कार र मोटरसाइकल वडा प्रहरी कार्यालय विराटनगरको नियन्त्रणमा रहेको छ । कार चालक भने दुर्घटनापछि फरार रहेको र प्रहरीले खोजतलास कार्य जारी राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्