मोरङ,झापा र सुनसरीका विभिन्न स्थानबाट ब्राउन सुगरसहित ४ जना पक्राउ

<span class='c1'>मोरङ,झापा र सुनसरीका विभिन्न स्थानबाट</span> <span class='c2'>ब्राउन सुगरसहित ४ जना पक्राउ</span>

विराटनगर । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी मेचीपारी झापाबाट खटिएको गस्ती टोलीले झापाको भद्रपुर नगरपालिका–३ क्षेत्रमा शंका लागेर जाँच गर्ने क्रममा भद्रपुर–२ का २९ वर्षीय दिपेन्द्र ठटाल र ३५ वर्षीय असन राईलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट ६ ग्राम ७० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै, मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले पथरीशनिश्चरे नगरपालिका–४ का ३० वर्षीय इन्द्र भुजेललाई ६४० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा बसपार्क क्षेत्रबाट मोरङको सुन्दरहरैंचा नगरपालिका–१० का २६ वर्षीय रमेश उरावलाई ६ ग्राम २३ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्