विश्वकप लिग–२ : आज नेपाल र अमेरिका भिड्दै

<span class='c1'>विश्वकप लिग–२ : आज</span> <span class='c2'>नेपाल र अमेरिका भिड्दै</span>

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । घरेलु मैदानमा जारी लिग–२ शृङ्खलाको अन्तिम खेललाई नेपालले सुखद् बनाउने लक्ष्य राखेको छ ।

अघिल्लो खेलमा अमेरिकामाथि शानदार जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिँदैछ । अमेरिका भने उक्त हारको बदला लिने योजनामा छ ।समान २७ खेल खेले पनि अंक तालिकामा नेपाल पाँचौँ स्थानमा छ भने अमेरिका शीर्ष स्थानमा रहेको छ । अमेरिकाले २७ खेलमा १९ जितसहित ३८ अंक जोडेको छ । नेपालले भने १० खेल जित्दा १५ खेलमा हार बेहोरेर २२ अंकसहित पाँचौँ स्थान ओगटेको छ ।

विश्वकप छनोटको सम्भावना कायम राख्न तथा एकदिवसीय मान्यता जोगाउन नेपालमाथि अब बाँकी सबै खेल जित्नुपर्ने दबाब रहेको छ । अमेरिका भने शीर्ष स्थान कायम राख्दै उपाधि उचाल्ने लक्ष्यमा छ ।

यसअघि कीर्तिपुरमै भएको भेटमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो । अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६.३ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गरेको थियो । उक्त खेलमा नेपालको प्रदर्शन प्रभावशाली रहेको थियो ।

घरेलु मैदानमा जारी त्रिकोणात्मक शृङ्खलामा नेपालले हालसम्म चारमध्ये दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ । पहिलो खेलमा स्कटल्यान्डसँग दुई रनले पराजित भएको नेपालले दोस्रो भेटमा भने स्कटल्यान्डलाई ६ विकेटले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्