विराटनगरमा पहिलोपटक +२ पढ्दै सफ्टवेयर कम्पनीमा काम गर्ने अवसर

<span class='c1'>विराटनगरमा पहिलोपटक +२ पढ्दै सफ्टवेयर</span> <span class='c2'>कम्पनीमा काम गर्ने अवसर</span>

विराटनगर जेष्ठ ८ ,
विराटनगरमा पहिलोपटक +२ अध्ययनकै क्रममा सफ्टवेयर कम्पनीमा काम गर्ने अवसरसहितको नयाँ शैक्षिक कार्यक्रम सुरु गरिएको छ। एरागन पोलीटेक्निकले सूचना प्रविधि क्षेत्रमा भविष्य बनाउन चाहने विद्यार्थीलाई लक्षित गर्दै यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको हो।
कलेजका अनुसार अब विद्यार्थीले +२ पढ्दापढ्दै कम्प्युटर प्रोग्रामिङ, डिजाइन, सफ्टवेयर निर्माण तथा सूचना प्रविधि उद्योगसँग सम्बन्धित व्यवहारिक सीप सिक्न सक्नेछन्। परम्परागत सैद्धान्तिक शिक्षाभन्दा फरक, यस कार्यक्रममा प्रत्यक्ष परियोजनामा काम गर्ने अवसर तथा सूचना प्रविधि उद्योगको अनुभवसमेत प्रदान गरिने बताइएको छ।

कार्यक्रम नेपालको अग्रणी सफ्टवेयर कम्पनी क्लोभ आईटिको सहकार्यमा सञ्चालन भइरहेको कलेजले जनाएको छ। यसबाट विद्यार्थीलाई +२ पूरा गरेलगत्तै सफ्टवेयर कम्पनीमा काम गर्न सक्ने स्तरको दक्षता विकास गराइने दाबी गरिएको छ।

हाल +२ व्यवस्थापन संकायअन्तर्गत कम्प्युटर तथा डीसीआईटी कार्यक्रममा भर्ना खुला गरिएको छ। कलेज विराटनगर–१०, संसारिमाई स्थान, केभीएम स्कुल पछाडि अवस्थित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्