विराट क्याम्पस (सोम्स) मा प्रवेश परीक्षामा अपेक्षाभन्दा बढी सहभागिता

<span class='c1'>विराट क्याम्पस (सोम्स) मा प्रवेश</span> <span class='c2'>परीक्षामा अपेक्षाभन्दा बढी सहभागिता</span>

विराटनगर । विराटनगर–९ स्थित बिराट क्याम्पस (सोम्स)मा कक्षा ११ व्यवस्थापन संकायका लागि लिइएको प्रवेश परीक्षा यस वर्ष उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ। २०० सिटका लागि भर्ना खुलाइएको भए पनि ३१२ जना विद्यार्थी परीक्षामा सहभागी हुनु क्याम्पसप्रतिको बढ्दो आकर्षणको संकेत भएको प्रशासनले जनाएको छ।

विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति र चासोले क्याम्पसप्रतिको विश्वास दिनानुदिन बलियो बन्दै गएको देखिन्छ। लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस क्याम्पसले अहिले व्यवस्थापन शिक्षालाई केवल किताबमा सीमित नराखी व्यवहारिक सीप, प्रविधि र बजारको आवश्यकता अनुरूप ढाल्दै अघि बढेको छ।

“शिक्षा आजको आवश्यकता” भन्ने मूल मन्त्रसहित क्याम्पसले विद्यार्थीलाई भविष्यको प्रतिस्पर्धात्मक दुनियाँका लागि तयार पार्ने लक्ष्य लिएको छ। त्यसैअनुसार डिजिटल युगलाई आत्मसात गर्दै प्रत्येक विद्यार्थीलाई ल्यापटप अनिवार्य गरिएको छ, जसले कक्षाकोठालाई नै आधुनिक सिकाइ केन्द्रमा रूपान्तरण गरेको छ।

क्याम्पस प्रमुख रोशन घिमिरेका अनुसार विश्व अहिले एआई (कृत्रिम बौद्धिकता) को युगमा प्रवेश गरिसकेको छ, तर नेपालमा अझै पनि धेरै ठाउँमा पढाइ घोकाइमै सीमित छ। “हामी विद्यार्थीलाई केवल प्रमाणपत्र होइन, सीपसहितको शिक्षा दिन चाहन्छौं,” उनले भने।

क्याम्पसले नियमित पढाइसँगै दैनिक एक घण्टा सीपमूलक कक्षा सञ्चालन गर्दै आएको छ, जसमा डिजिटल मार्केटिङ, पब्लिक स्पिकिङ, नेतृत्व विकास, आईटी र सञ्चार सीप जस्ता व्यवहारिक विषय समावेश छन्।

शैक्षिक गुणस्तर, अनुशासन र प्रविधिमैत्री वातावरणका कारण बिराट क्याम्पस (सोम्स) पछिल्लो समय विराटनगरका विद्यार्थी र अभिभावकमाझ आकर्षणको केन्द्र बन्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्