बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा अत्याधुनिक फिजियोथेरापी सेवा विस्तार

<span class='c1'>बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा</span> <span class='c2'>अत्याधुनिक फिजियोथेरापी सेवा विस्तार</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको फिजियोथेरापी विभागले सन् २०१६ देखि अत्याधुनिक तथा विशेषज्ञ फिजियोथेरापी सेवा प्रदान गर्दै आएको जनाएको छ।

हस्पिटलको साविक स्थानबाट मुख्य भवनको हाडजोर्नी विभाग नजिकै स्थानान्तरण गरिएको विभागले हाल दैनिक १०० भन्दा बढी बिरामीलाई सेवा दिन सक्ने क्षमता विकास गरिएको हस्पिटलले जनाएको छ। विभागमा अर्थो तथा स्पोर्ट्स, न्यूरोलोजी, कार्डियो, बालबालिका तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरूको टोलीमार्फत सेवा प्रदान हुँदै आएको छ।

विभागले शल्यक्रिया अघि र पछिको थेरापी, स्पोर्ट्स रिहाबिलिटेशन, पक्षघात, हेड इन्जुरी, मेरुदण्ड भाँचिने समस्या, पार्किन्सन्सलगायत विभिन्न न्यूरोलोजिकल समस्याको उपचार सेवा उपलब्ध गराउँदै आएको छ। साथै, अटिजम र सेरेब्रल पाल्सी भएका बालबालिकाका लागि विशेष थेरापी, गर्भवती महिलाका लागि प्रि–नेटल तथा पोस्ट–नेटल थेरापी, र क्यान्सर बिरामीका लागि अन्कोलोजी थेरापी लगायतको सेवा समेत सञ्चालनमा रहेको हस्पिटलले जनाएको छ।

हस्पिटलमा टेन्स थेरापी, अल्ट्रासाउन्ड, आईएफटी, मसल स्टिमुलेशन, सीपीएम, लेजर थेरापी, ट्र्याक्शन, ट्रेडमिल, गेट ट्रेनर, टिल्ट टेबल तथा मिरर थेरापी जस्ता अत्याधुनिक उपकरणका साथै मल्टी–स्टेशन जिमको सुविधा उपलब्ध रहेको छ।

हाडजोर्नी विभाग नजिकै फिजियोथेरापी विभाग सञ्चालनमा रहेकाले बिरामीलाई उपचारमा थप सहजता भएको हस्पिटलले जनाएको छ। स्वास्थ्य बिमा, सामाजिक सुरक्षा कोष (एसएसएफ) तथा भूपू आर्मी सेवा मार्फत समेत उपचार गर्न सकिने व्यवस्था मिलाइएको छ। दीर्घकालीन बिरामीका लागि विशेष प्याकेज सुविधा, छुट्टै बिलिङ काउन्टर तथा फिजियोथेरापी डे–केयर सेवा समेत सञ्चालनमा रहेको हस्पिटलले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्