विराटनगरकी १९ वर्षिय सदिच्छाले एक्लै यात्रा गर्नुपर्ने साहसी कार्यक्रममा भाग लिदै

<span class='c1'>विराटनगरकी १९ वर्षिय सदिच्छाले एक्लै यात्रा</span> <span class='c2'>गर्नुपर्ने साहसी कार्यक्रममा भाग लिदै</span>

प्रेम देवान आवर / विराटनगर डट नेट
विराटनगर २८ वैशााख । सानै उमेर देखि नयाँ–नयाँ ठाँउहरुको भ्रमण गर्न मन पराउने विराटनगर कन्चनबारीकी १९ बर्षिया सदिच्छाको भण्डारीले एक्लै यात्रा गर्नु पर्ने कार्यक्रम ‘सोलो वमेन ट्राभल च्यालेन्ज २०१७’ मा भाग लिदै छिन् । उनकाे याेजना कार्यक्रममा छनाैट भइ उनी पूर्वी जिल्लाको विभिन्न मनोरम दृष्यको अध्ययन तथा अवलोकनका तथा ट्रयाक को लागी निस्कन लागेकी छिन् ।पुसेट कलेजबाट ईन्जिनरिङ्ग गर्दै गरेकी सदिच्छाले नेपाली ट्राभलर्स नामक संस्थाले अायाेजना गरेको ‘सोलो वमेन ट्राभल च्यालेन्ज २०१७’ मा पुर्वी क्षेत्रकाट उनी मात्र छनौट भएकी हुन् । १५ जना उत्कृष्ठमा परेकी उनलाइ संस्थाले यात्राकाे ६० प्रतिशत बढि रकम उपलब्ध गराउने छ भने शतप्रतिशत पुरस्कार प्राप्त गर्न उनी फेसबुकबाट छनाैट हुनु पर्नेछ ।
सोलो वमेन यात्रा गर्न चाहने ४ सय ४३ महिला आवेदकबाट फेसबुक लाइक, अन्तर्वार्ता लगायतका चरण पार गरेर विराटनगर की भन्डारी पनि छानिएकी हुन् । जम्मा १४ दिनको यात्रामा उनी एक्लै निस्किनु पर्नेछ । यसअघि पनि विभिन्न ठाउँमा यात्रा गरेकी उनले आफू जन्मेको भेगमा जान मन पराउने भएकै कारण पनि उनी निकै उत्साहित रहेको आवर विराटनगर डट नेटलाई बताउँछिन् ।उनी भन्छिन– ‘पूर्वी क्षेत्रलाई आन्तरिक पर्यटन प्रर्वधन विकासका निम्ती पनि यो १४ दिने यात्राले केही फाईदा पुग्छ’ उनी थप्छिन् – यो यात्राले म एउटा महिला भित्र भएको साहसीपनलाई उजागर गरेर बाहिर ल्याउने प्रत्यन गर्नेछु ताकी यसले महिलाहरु पनि पुरुष सरह एक्लै हिड्न सक्ने क्षमता रहेछ भन्ने देखाउने छ ।’ उनले १४ दिन भित्र पुर्वी भित्रि पहाडी जिल्लाहरूकाे भ्रमण गर्नेछिन । उनकाे यात्रामा इलाम, ताप्लेजुङ,तेह्थुम , सुनसरी लगायतकाे जिल्लाहरू पर्नेछ । विराटनगरकि चेली उनलाइ ‘सोलो वमेन ट्राभल च्यालेन्ज २०१७’ को विजेता बनाउनका लागि हामीले यहाँ क्लिक गरेर यस पाेस्टमा गएर लाइक गरेर भाेट गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्