विराटनगरमा स्टडी इन इन्डिया एक्स्पो हुदै

<span class='c1'>विराटनगरमा स्टडी इन</span> <span class='c2'>इन्डिया एक्स्पो हुदै</span>

विराटनगर जेष्ठ १४ ,

विराटनगरको बिग होटलमा “स्टडी इन इंडिया एक्स्पो” आयोजना हुँदैछ। आगामी ८ जुन अर्थात जेष्ठ २५ गते शिक्षा मन्त्रालयको स्वीकृतिमा हुन लागेको निःशुल्क “स्टडी इन इंडिया एक्स्पो”मा भारतका २५ भन्दा बढी उत्कृष्ट विश्वविद्यालय तथा कलेजहरू विराटनगर आउँदैछन्।

उक्त दिन बिहान १० देखि बेलुका ५ बजेसम्म चल्ने यस कार्यक्रममा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष साक्षात्कार गरेर २०० भन्दा बढी कोर्षहरूको बारेमा बुझ्न सकिनेछ।

आयोजक अफेयर्स नेपालका प्रबन्ध निर्देशक कुमार थपालियाका अनुसार एक्स्पोमा प्रतक्ष्य आवेदन दिन सकिने, मेरिटको आधारमा शतप्रतिशत सम्म छात्रवृत्ति पाउन सकिने र उचित शुल्कमा विश्वस्तरीय शिक्षाको अवसर बुझ्ने सुबर्ण अवसर पाइनेछ।

भारतमा आफ्नो शिक्षा लिन चाहने विद्यार्थीहरूको लागि यो एकदमै राम्रो अवसर हुनसक्छ । भारतमा नेपाली विद्यार्थीहरुको लागि सामाजिक तथा अन्य हिसाबले पनि भारत उचित गन्तब्य मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्