गणतन्त्र दिवसको अवसरमा श्रीश्री रवि शंकर स्कुलमा विविध कार्यक्रम

<span class='c1'>गणतन्त्र दिवसको अवसरमा श्रीश्री रवि</span> <span class='c2'>शंकर स्कुलमा विविध कार्यक्रम</span>

विराटनगर । गणतन्त्र दिवसको अवसरमा विराटनगर –२ बन्जरा चौकमा रहेको श्रीश्री रवि शंकर स्कुलले विविध जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।


विद्यालयले दिवसको महत्वलाई आत्मसात गर्दै विद्यार्थीहरूलाई गणतन्त्रको अर्थ, यसको महत्व तथा नेपालमा गणतन्त्र दिवस किन मनाइन्छ भन्ने विषयमा जानकारी गराएको थियो। कार्यक्रममा शिक्षकहरूले गणतन्त्र प्राप्तिका लागि नेपाली जनताले गरेको संघर्ष र यसले नागरिकलाई प्रदान गरेका अधिकारबारे समेत प्रकाश पारेका थिए ।

दिवसको अवसरमा विद्यार्थीहरूले देशभक्तिपूर्ण गीतहरूमा आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तुतिले कार्यक्रममा सहभागीहरुलाई थप उत्साहपूर्ण बनाएको थियो ।


त्यसैगरी कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीको सहकार्यमा विद्यार्थीहरूका लागि प्रहरी सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिएको थियो। सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीका सहायक प्रहरी नायव निरीक्षक आर्यन मण्डलको नेतृत्वमा सहभागी प्रहरी टोलीले विद्यार्थीहरूलाई प्रहरीको काम, कर्तव्य, जिम्मेवारी तथा नागरिक सुरक्षामा प्रहरीको भूमिकाबारे जानकारी गराएको थियो। साथै विद्यार्थीहरूलाई सामाजिक विकृति, साइबर अपराध तथा व्यक्तिगत सुरक्षाका विषयमा पनि सचेत गराइएको थियो।

विद्यालयकी प्रिन्सिपल सीमा अग्रवालले गणतन्त्र दिवसले लोकतान्त्रिक मूल्य, नागरिक अधिकार र जिम्मेवारीबारे नयाँ पुस्तालाई सचेत गराउने अवसर प्रदान गर्ने बताउनुभयो । “विद्यार्थीहरूलाई पाठ्यपुस्तकको ज्ञानसँगै राष्ट्रिय महत्वका दिवसहरूको ऐतिहासिक पृष्ठभूमि र महत्वबारे जानकारी दिनु आवश्यक रहेको अग्रवालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्