काठमाडौं । अबदेखि वार्षिक १० लाख रूपैयाँ अविवाहित करदाताले १ प्रतिशतमात्र आयकर तिरे हुने भएको छ । हाल ५ लाख रूपैयाँसम्म कमाउनेले १ प्रतिशतमात्र कर तिरे हुनेमा न्यूनतम कर स्ल्याब दोब्बर भएको हो ।
हालको दरअनुसार वार्षिक १० लाख रुपैयाँ कमाउनेले ८५ हजार रूपैयाँ कर तिर्नुपर्दथ्यो । अब भने १० हजार रूपैयाँमात्र तिरे पुग्नेछ ।
यसको अर्थ अविवाहित करदाताले कुल ७५ हजार रूपैयाँ कम कर तिरे हुने भएको छ । यसैगरी व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत विन्दुले घटाइएको छ । अबदेखि ३९ प्रतिशतसम्म रहेको अधिकतमक कर २९ प्रतिशतमा झरेको हो ।