काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३ र ८४ को बजेटमार्फत मदिरा र चुरोटमा लाग्ने कर वृद्धि गरेको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चुरोटमा करिब १० प्रतिशतसम्म कर बढाइएको जानकारी दिए।
त्यस्तै, मदिरा तथा बियरमा लाग्ने अन्तःशुल्क पनि वृद्धि गरिएको सरकारले जनाएको छ। बजेटमार्फत सरकारले माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगका रूपमा दर्ता गरेर अन्तःशुल्कको दायरामा ल्याउने घोषणा गरेको छ। सरकारको यो निर्णयले मदिराजन्य वस्तु उत्पादन तथा बिक्रीलाई थप नियमन गर्ने अपेक्षा गरिएको छ।