एकै घरका दाजुभाईको हिमाली सफलता : जीवनले सगरमाथा चुमे, शुभराजले लोत्से

<span class='c1'>एकै घरका दाजुभाईको हिमाली सफलता :</span> <span class='c2'>जीवनले सगरमाथा चुमे, शुभराजले लोत्से</span>

सोलुखुम्बु । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–९ भीरखर्कका दुई दाजुभाईले विश्वका अग्ला हिमालमध्ये सगरमाथा र लोत्से सफलतापूर्वक आरोहण गरेका छन् ।

जीवन तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथा तथा शुभराज तामाङले विश्वको चौथो अग्लो हिमाल लोत्से आरोहण गर्दै महत्त्वपूर्ण सफलता हासिल गरेका हुन् । पारिवारिक स्रोत अनुसार जीवन तामाङले सन् २०२६ मे २५ तारिख बिहान २ः४० बजे समुद्री सतहबाट ८,८४८.८६ मिटर उचाइमा रहेको सगरमाथाको सफल आरोहण गरेका छन् । त्यसैगरी शुभराज तामाङले सन् २०२६ मे २७ तारिख बिहान ७ बजे ८,५१६ मिटर अग्लो लोत्से हिमालको सफल आरोहण गर्न सफल भएका छन् । विश्वका सबैभन्दा चुनौतीपूर्ण हिमालमध्ये गणना हुने सगरमाथा र लोत्सेमा छोटो अन्तरालमा दुई स्थानीय युवाले सफलता हासिल गरेपछि खिजिदेम्बा गाउँपालिका तथा समग्र ओखलढुंगामा खुसीको वातावरण बनेको छ । दुवै हिमाल हिमालय क्षेत्रका प्रतिष्ठित आरोहण गन्तव्य मानिन्छन्, जहाँ प्रतिकूल मौसम, उच्च हिमाली जोखिम र अक्सिजनको कमीका बिच आरोहण गर्नुपर्ने हुन्छ ।

सगरमाथा विश्वको सर्वोच्च शिखर हो भने लोत्से विश्वको चौथो अग्लो हिमालका रूपमा परिचित छ । यी हिमालको सफल आरोहणलाई पर्वतारोहण क्षेत्रको महत्त्वपूर्ण उपलब्धि मानिन्छ । पर्वतारोहीले लामो तयारी, शारीरिक क्षमता, मानसिक दृढता र अनुकूल मौसमको सहायताले मात्र यस्ता आरोहण सम्पन्न गर्न सक्छन् । स्थानीयवासीहरूले जीवन र शुभराजको उपलब्धिलाई गाउँ तथा जिल्लाको गौरवसँग जोडेर हेरेका छन् । उनीहरूको सफलताले हिमाली पर्यटन, साहसिक खेलकुद र पर्वतारोहण क्षेत्रमा रुचि राख्ने युवा पुस्तालाई प्रेरणा मिल्ने अपेक्षा गरिएको छ । जीवन तामाङको सगरमाथा र शुभराज तामाङको लोत्से आरोहणले ओखलढुंगाको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा थप परिचित बनाउन सहयोग पुग्ने विश्वास स्थानीय स्तरमा व्यक्त गरिएको छ । उनीहरूको यो सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभइ जिल्लाकै गौरवको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्