छोरीको विदाइ

<span class='c1'>छोरीको</span> <span class='c2'>विदाइ</span>

भर्खरै बिहे भयो, मनभरि आशा,
तिलहरी औंठीले, सजियो भाषा।
आमाको काख छोडी, पाउ ढोगे,
नयाँ संसारमा, सपनाहरू सँगै रोपे।

दाइजो सँगै गनियो, ऋणका पोका,
सपनाहरू साट्दै, आँखाले रोका।
नटेकिएको घर, आज आफ्नो बन्यो,
फुलबारी सजाएको माइती परायो।

न जन्माएको, न हुर्काएको,
त्याग तपस्या नगरेको,
त्यही आमा-बाबा सहजै स्विकार,
संस्कारको नाममा सहनै आधार।

अन्जानलाई भगवान मानेर,
नयाँ जीवनको शृंगार गरे।
सारा अतितलाई तिलाञ्जली दिएर,
नयाँ संसार साजाएर हिँडे।

हाँस्नु कम, बोल्नु थोरै,
सिन्दुर-पोतेले भिज्यो निधारै।
छोटो लुगा, लामो सपना,
सपना पुरा गर्न, समाजको दबाब भारी।

बुढा सोफामा, बुढी चुलोमा,
समानता खोज्दा, चुपचाप रहनुमा।
छोराछोरी जस्तै, सपनाहरू मार्नु,
माइती जान, अनुमति माग्नु।

कहिल्यै सोध्यौ?
बुहारीको मन, पीडा कसले देख्यो?
त्यागिएका खुशीको मूल्य कसले गन्यो?
तर सहजै भनिन्छ—
बुहारी हो, कसैको चित्त नदुखाऊ।

— रविन्द्र कुमार यादव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्