संसदलाई अझ जीवन्त, उत्तरदायी र मर्यादित बनाउनतर्फ लागौं : सांसद पुन

<span class='c1'>संसदलाई अझ जीवन्त, उत्तरदायी र मर्यादित</span> <span class='c2'>बनाउनतर्फ लागौं : सांसद पुन</span>

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रतिनिधिसभाको नियमावलीमा रहेको नयाँ व्यवस्था कार्यान्वयन गर्दै संसदलाई अझ जीवन्त, उत्तरदायी र मर्यादित बनाउनुपर्ने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नियम ५६ नयाँ व्यवस्था भएको उल्लेख गर्दै यो गत प्रतिनिधिसभाबाट मात्र समावेश गरिएको बताए । ‘०६४ मा पनि थिएन, ०७० मा पनि थिएन, ०७४ मा पनि थिएन । किन राखियो भन्दा सदनलाई जीवन्त बनाउने उद्देश्यले,’ उनले भने, ‘मन्त्रीहरूसँग अन्तरक्रिया त भइरहन्थ्यो तर सभाको मुख्य नेता प्रधानमन्त्री नै हो । सरकार के गरिरहेको छ भन्ने विषयमा प्रत्यक्ष संवाद हुँदा सदन जीवन्त पनि हुन्छ र लोकतान्त्रिक पनि हुन्छ।’

उनले यस्तो अभ्यासले जनताप्रति उत्तरदायित्व बढ्ने र जनप्रतिनिधिले उठाएका प्रश्नको वास्तविक जवाफ प्राप्त हुने बताए । नियम कार्यान्वयनलाई सत्ता पक्ष वा प्रतिपक्षले इगोका रूपमा नलिन उनले आग्रह गरे । ‘प्रधानमन्त्री आउनुभयो, यो महिनाको नियमावली कार्यान्वयन भयो। संसद सफल भयो, अभ्यास पनि भयो। अब नियमावलीका व्यवस्थालाई नियमसंगत रूपमा नै अगाडि बढाऔं,’ उनले भने । उनले सभामुखलाई कार्यव्यवस्था परामर्श समितिमा समीक्षा गर्न सुझाव दिँदै संसदलाई मर्यादित र नियमअनुसार अघि बढाउनुपर्नेमा जोड दिए । ‘झगडा गर्ने ठाउँ यो होइन । यो व्यवस्था दलगत हो, आफ्ना असहमति राख्ने ठाउँ हो । व्यक्तिगत रिसिइबी केही होइन,’ उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्