विराटनगर जेष्ठ १८ ,
विराटनगरको मेरिल्याण्ड कलेजले नयाँ भर्ना भएका विद्यार्थीलाई भव्य रूपमा स्वागत गर्ने तयारी गरेको छ। कलेजले यस वर्षको स्वागत कार्यक्रमलाई विशेष बनाउन चर्चित हास्य कलाकार मनोज गजुरेललाई अतिथिका रूपमा आमन्त्रण गरेको छ।
जेष्ठ २१ गते विराटनगरस्थित सिटि पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा गजुरेलले आफ्नै शैलीमा विद्यार्थीलाई हसाउँदै जीवनप्रतिको दृष्टिकोण र अध्ययनप्रति उत्प्रेरणा दिने कार्यक्रम तय गरिएको कलेजले जनाएको छ।
नयाँ विद्यार्थीलाई केवल स्वागत मात्र होइन, मनोरञ्जनसँगै सकारात्मक ऊर्जा र प्रेरणा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।
कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।