विराटनगरमा गर्मी बढ्दैछ, बिद्युत कट्दोछ

<span class='c1'>विराटनगरमा गर्मी बढ्दैछ,</span> <span class='c2'>बिद्युत कट्दोछ</span>

विराटनगर । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले सोमबार बिहान ‘दुहबी ग्रिडदेखि टंकी सव–स्टेसनसम्म आएको ३३ केभी प्रशारण लाईन फल्ट भएकोले टंकी सव–स्टेशनबाट संचालित सम्पूर्ण लाइनहरु बन्द रहेको छ’ भन्ने सूचना जारी ग¥यो । बिहान ६ बजे अगाडी नै जारी सूचना अनुसार दिउँसो १० बजेसम्ममा बिद्युत आपूर्ति प्रणाली सुचारु गर्ने भनियो । तर, काम गर्दागर्दै प्राधिकरणले सकेन । अनि दिउँसो १ बजेसम्मलाई सूचना संशोधन गरेर नागरिकलाई प्रतिक्षा गर्न भनियो ।

विराटनगरवासीले बारम्बार फोन गरेर मर्मत कतिसमय लाग्छ भनेर सोधे । तर, प्राधिकरणसँग यति नै समय लाग्छ यकिन जवाफ थिएन । वितरण केन्द्रका प्रमुख रामउद्दार साहका अनुसार बिहानैदेखि गर्मी भएका कारण एकै पटक सहरका नागरिकको दवाव झेल्नु परेको थियो । गर्मी बढेसँगै विराटनगरमा दैनिक ९० मेघावाट बिद्युतको ‘पिक डिमाण्ड’ पुगेको छ । वितरण केन्द्र अन्तर्गत ९० हजार उपभोक्ता संख्या छ । प्रमुख साहका अनुसार पछिल्लो तीनवर्षमा विराटनगर महानगरपालिका क्षेत्रमा ६० मेघावाट बिद्युतको माग बढेर ९० मेघावाट पुगेको हो । यसो हुनुमा सिंगल फेजबाट धेरै व्यक्तिका घरमा अहिले थ्रिफेज लाइन अपग्रेड गरिनु हो । बिद्युत खपतमा प्रयोग हुने घरायसी सामाग्री बढ्दै जानु अर्को कारण हो ।

सुनसरीको दुहबी ग्रिडबाट ३३ हजार केभीए प्रसारण लाइन मोरङको बुढिगंगास्थित टंकीसिनवारीसम्म आउँछ । त्यहाँबाट ११ केभीए प्रसारण लाइन विराटनगर वितरण केन्द्रको सेवा क्षेत्रमा पठाउने गरिएको छ । वितरण केन्द्रले चारवटा सव–स्टेशनबाट बिद्युत आपूर्तिको व्यवस्थापन गर्दै आएको छ । टंकीसिनवारी, रानी, बाँसबारीको भट्टीपुल र कटहरी सव–स्टेशन । वितरण केन्द्रमातहत विराटनगर महानगरसहित कटहरी, जहदा, ग्रामथान र बुढीगंगा गाउँपालिका रहेका छन् ।

प्रमुख साहका अनुसार विराटनगरमा टंकीसिनवारी सव–स्टेशनबाट ६० प्रतिशत, रानी सव–स्टेशनबाट ३० प्रतिशत र कटहरी सव–स्टेशनबाट १० प्रतिशत बिद्युत लोड व्यवस्थापन गरिएको छ । गत लोड व्यवस्थापनका लागि टंकी–विराटनगर नयाँ फिडर निर्माण गरिएको थियो । बारम्बार हुने समस्या समाधान गर्न नयाँ फिडर निर्माण गरिएपनि सव–स्टेशनमै भारको प्रभाव पर्न थालेको हो ।
ट्रान्सफर्मर अन्ब्यालेन्स हुनुमा एलटी प्रसारण लाइनमा खपत बढ्दा तारको क्षमता कमजोर हुनु हो । ‘ट्रान्सफर्मरबाट चार फेज सप्लाई हुन्छ, जुनमध्ये एउटामा एलटीको दुईवटा फेज जोडिन्छ त्यसपछि भोल्टेज ‘बिट ड्रप’ गर्छ’ हुन्छ । यस्तो स्थितमिा आपूर्ति प्रणाली र भार थेग्ने ट्रान्सफर्मर कमजोर भए चुँडिने र पड्कने वा आगलागी हुने समस्या बारम्बार दोहोरिने गरेको साहको दावी छ ।

गर्मीका कारण बिद्युत अवरोध हुँदा त्यसको दवाव सबैभन्दा धेरै प्राधिकरणलाई नै पर्ने गरेको छ । प्राधिकरणले जहाँ समस्या भएको हो, त्यसको यथेस्ट विवरण नै सार्वजानिक गर्ने गरेको छ । प्रमुख साहका अनुसार कर्मचारी टावरमै बसेर काम गरिरहेको भिडियो, फोटो बारम्बार प्राधिकरणले आफ्नो फेसबुक पेजमा अपलोड गरिरहन्छ । यसको कारण, सेवाग्राहीले त्यो हेरेर पनि प्रतिक्षा गर्न सहज होस् भन्ने रहेको छ । बिद्युतमा बारम्बार समस्या आउनुमा हाईटेन्सनमा भन्दा लो भोल्टेज प्रसारण लाइनमा आउने समस्यालाई पनि लिइएको छ । विराटनगर वितरण केन्द्रको सेवा क्षेत्र भित्र ६१० वटा ट्रान्सफर्मर जडान गरिएका छन् । अहिले दैनिक दश ट्रान्सफर्मरमा केहि न केहि समस्या आउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्